हरेक दिन ६–७ पटक बिद्युत कटौती हुन्छ, यता ५०० मेगावाट विद्युत खेर गएरहेको छ, के भएको यो ?’

Advertisement

काठमाडौं । नेकपा एमालेका साँसद रघुजी पन्तले हरेक दिन विद्युत कटौती हुने गरेको भन्दै त्यसको आलोचना गरेका छन् । संसदमा बुधबार बोल्दै उनले हरेक दिन छ–सात पटकसम्म विद्युत कटौती हुने गरेको बताएका हुन् । 

पन्तले भने, ‘भात छडकिरहेको हुन्छ । झ्याप्पै बत्ति जान्छ । भात हेर्यो काँच्चै हुन्छ । चलाइरहेको कम्प्युटर झ्याप्प अफ हुन्छ । कुरा भइरहेको विदेशमा बसिरहेको मानिससँग फेरि लिंक हुँदैन् । यस्ता घट्ना हरेक परिवारमा हरेक दिन छ–सात पटक हुने गर्छ ।’ 

Advertisement

अहिले दैनिक पाँच सय मेगावाट विद्युत खेर गइरहेको समाचार आइरहेको बताउँदै उनले नेपाल विद्युत प्राधिकरणले विद्युत ट्रिपिङ पनि हुने, बाहिर पनि पठाउन सकेको छैन्, यता ३० वटा विद्युत उत्पादन गर्ने आयोजनाहरुलाई धेरै विद्युत उत्पादन नगर भनेर भन्ने गरेको छ भने । 

पन्तले विद्युत भए पनि प्रसारण गर्न प्रसारणलाइनको समस्या रहेको बताउँदै हाम्रो पूर्वाधार योजना कमजोर रहेको बताए । विद्युत आयोजनाहरुलाई बिजुली उत्पादन गर्न नदिएपछि उनीहरुले कसरी बैंकबाट लिएको ऋण तिर्छन् ? भन्दै प्रश्न गरे । प्राधिकरणको कार्यशैलीले बैंकहरु पनि टाट पल्टिने, उपभोक्ता पनि मारमा पर्ने अवस्था आएको बताए ।

Advertisement