बीमा कम्पनीका ४३३ शाखा र ५८९ कर्मचारी हराए

Advertisement

काठमाडौं । बीमा क्षेत्रमा मर्जरको लहर अन्तिम चरणमा पुगेको छ । मर्जरमा गएपछि आफ्ना शाखाहरु पनि गाभ्ने अभियानमा उनीहरु लागेका छन् । 

धेरै शाखा हुँदा सञ्चालन खर्च बढ्ने भएकाले कम्पनीहरुको मर्जरपछि एकै ठाउँमा रहेका उनीहरुका शाखाहरु पनि एकीकरण गर्ने अभियानले तीब्रता पाएको हो । मर्जरपछि एक बर्षमा ४३३ शाखा हराएका छन् । मर्ज भएकाले उक्त संख्यामा शाखा घटेका हुन् । 

Advertisement

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई मर्जरमा गएर नजिक रहेका कम्पनीका शाखाहरुलाई पनि मर्ज गर्न निर्देशन दिएको बताए । उनले भने, ‘बीमा कम्पनीहरुको मर्जरपछि शाखा कार्यालयहरु पनि छिट्टै मर्ज गर्नुस् भनेर हामीले भनेका हौं ।’ 

प्राधिकरणले २०७८ सालमा नै बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउनुपर्ने नीति अघि सारेको थियो । तर, लामो सयमसम्म पनि बीमा कम्पनीहरुले पूरानै चुक्ता पुँजी अनुसार नै व्यवसाय गरेपछि प्राधिकरणले गत वर्ष दबाबमूलक नीति लिएको हो । चालु आर्थिक वर्षको अन्तिमसम्म सबै कम्पनीहरुले तोकिएको पुँजी पुर्याउनुपर्ने प्राधिकरणले बताएको छ । 

मर्जरपछि कम्पनीहरुले कर्मचारी पनि  कटौती नगर्ने नीति अपनाएका थिए । उक्त तयारीपछि बीमा प्राधिरणले कर्मचारी नहटाउन निर्देशन दिँदै हटाए कारवाही गर्ने चेतावनी दिएको थियो । साथै, प्राधिकरणले सेवा सुविधा र तह मा नघटाउन भनेको थियो । 

हाल बीमा क्षेत्रमा दुईदेखि तीन वटा बीमा कम्पनीहरु एक भएर नयाँ कम्पनी बनेकाले पनि उक्त कम्पनीहरुले दिँदै आएको सेवालाई अझै सरल ढंगले प्रवाह गर्न केही चुनौतीपूर्ण देखिएको छ । 

पूराना बीमितलाई मर्का नपर्ने
बीमा कम्पनीहरु मर्जरमा गएसँगै पूराना बीमित र  लामो अवधिको लागि बीमा गराएका बीमितहरुले केही सास्ती खेप्नु पर्ने आशंका गरेका थिए । तर प्राधिकरणले भने त्यस्ता बीमितहरुले समयमै दाबी भुक्तानी पाउने भएकाले समस्या नहुने बताएको छ ।   

प्राधिकरणको तथ्यांकअनुसार गत बर्ष १६ प्रतिशत जनता मात्रै बीमाको पहुँचमा आएका थिए भने हाल त्यसमा एक प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, म्यादी र लघुबीमासहित बीमाको दायरामा आएको जनसंख्या हाल ४३.६४ प्रतिशत रहेको छ । 

यसअघि तीन हजार ३४८ वटा बीमा कम्पनीका शाखा कार्यालयहरु सञ्चालनमा थिए । मर्जरपछि घटेर दुई हजार ९१५ पुगेको अवस्था छ । त्यस्तै, ११ हजार ८७५ बाट बीमा कम्पनीका कर्मचारीहरुको संख्या ११ हजार २८६ पुगेको अवस्था छ । 

Advertisement

Advertisement