मीनबहादुर गुरुङसहित तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका मीनबहादुर गुरुङसहित तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको इजलासले मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम, सुधीरकुमार शाहलाई पक्राउ गर्नुको कारण माग गरेको हो । तीन जनाले आफूहरुलाई गैरकानुनीरुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

Advertisement

सर्वोच्चमा शुक्रबार उनीहरुलाई पक्राउ गरेको कारण र आधार पेश गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको नाममा आदेश जारी गरेको हो ।

हदम्याद सकिएको विषयमा आफूहरुलाई पक्राउ गरेर सरकारले कानूनको उल्लंघन गरेको गुरुङ, गौतम र शाहको तर्क छ । 

Advertisement

Advertisement