होटल, क्यासिनो, पार्टी प्यालेसमा अवैध मदिरा भेटिन थालेपछि विभागले गर्यो कडाई

Advertisement

काठमाडौं। अवैध मदिरा बिक्री वितरण नगर्न आन्तरिक राजस्व विभागले आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै अवैध मदिरा खरिद बिक्री नगर्न भनेको हो ।

अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिराको कारोवार गर्नुपर्ने व्यवस्था छ। अन्तःशुल्क स्टिकर लगाइएका मदिराहरुको मात्र खरिद बिक्री गर्नुपर्ने विभागको तर्क छ । विदेशबाट आयात भई आएका मदिराजन्य वस्तुमा विभागले तोकेबमोजिमको स्थानमा अन्तःशुल्क स्टिकर टाँस गरेर मात्र बिक्री वितरण गर्नुपर्ने विभागको भनाई छ । 

Advertisement

हाल बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी, होटल, क्यासिनो, पार्टि प्यालेस, ब्याङ्क्वेट, रेष्टुरेन्ट समेतले अवैध रुपमा चोरी पैठारी भई आएका विभिन्न ब्राण्डका विदेशी मदिराको भण्डारण, सञ्चय, खरिद, बिक्री गरिरहेको भेटिएको विभागले जनाएको छ ।

विभागले अन्तःशुल्क ऐन, २०५८ तथा नियमावली २०५९ को व्यवस्था विपरित कोही कसैले मदिराको पैठारी, खरिद, बिक्री, प्रयोग लगायतको कारोवार नगर्न नगराउन भनेको छ । अनुगमनका क्रममा कोही कसैले उल्लेखित कानूनी व्यवस्थाको उलङ्घन गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ ।

Advertisement

Advertisement