संरचना हटाउन सात दिने अल्टिमेटम

बालेनको निर्देशनमा नगर प्रहरीले ललिता निवासको सरकारी जग्गा तारबाट लगाउन प्रक्रिया सुरु

Advertisement

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा काठामाडौं महानगरपालिकाका नगर प्रहरीले नाजपाँच र तारबार लगाने प्रक्रिया आइतबारबाट सुरु भएको छ । 

महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको सुरक्षा टोली आज दिउसो बालुवाटार पुगेर जाँपजाँच र तारबार लगाउने प्रक्रिया सुरु गरेका हुन् । टोलीले ललिता निवास परिसरभित्रका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । 

Advertisement

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले सो निवासभित्र रहेका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिएको जानकारी दिए । निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् ।   

ललिता निवासको खाली जग्गा संरक्षणका लागि भन्दै महानगर प्रमुख बालेन शाहको निर्देशनमा उक्त जग्गा घेर्न लागिएको हो । उक्त ठाउँमा कब्जा गर्ने क्रममा विभिन्न व्यक्ति र संस्थाले संरचनासमेत निर्माण गरेका छन् । सो ठाउँमा गैरआवासीय नेपाली संघको कार्यालय समेत बनाइएको छ । 

उक्त सरकारी जग्गामा राखिएका निर्माण सामग्री तथा अन्य संरचना हटाउन नगर प्रहरीले निर्देशन दिएको छ । ललिता निवासको सरकारी जग्गा अनियमिततामा पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरु पूर्वमुख्यसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखहरु, न्यायाधीश, प्रशासक, भूमाफियागरी चारसयभन्दा बढी संलग्न रहेको अनुसन्धानबाट देखिएको छ । 

Advertisement

Advertisement