एकै महिनामा निर्जीवन कम्पनीहरुले बीमाशुल्क एक अर्ब ३० करोड रुपियाँले बढाए

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब ५० करोड ९२ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । 

गत आर्थिक वर्षको सोही महिनामा उनीहरुले दुई अर्ब ९६ करोड १६ लाख रुपियाँ मात्रै थियो । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क एक अर्ब ३० करोड रुपियाँले बढेको हो ।

Advertisement

नेपाल बीमा प्राधिकरकणका अध्यक्ष सूर्य सिलवालले यसअघि आर्थिक मन्दीको आंशिक असर बीमा क्षेत्रमा पनि परेको स्वीकार गरेका थिए । उनले त्यस्तो असर नपरेको भए बीमा क्षेत्रको तथ्यांक उच्च रहने थियो भन्दै निर्जीवन बीमा क्षेत्रको व्यापार आफ्नो आँकलनभन्दा धेरै खुम्चिएको बताए । 

गत जेठमा सबैभन्दा धेरै बीमाशुल्क हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्जन गरेको छ । उक्त हिमालयन एभरेष्टले ५७ करोड १९ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३६ करोड ७८ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांक छ । तेस्रोमा सगरमाथा लुम्बिनी इन्स्यारेन्स (सालिको०को बीमाशुल्क आर्जन ३५ करोड ७८ लाख रुपियाँ रहेको छ भने चौथो नम्बरमा शिखर इन्स्योरेन्स कम्पनीको बीमाशुल्क ३३ करोड ३८ लाख रुपियाँ रहेको छ ।

हेर्नुस् कुन कम्पनीको तथ्यांक कति छ ?

Advertisement

Advertisement