फेसबुक (मेटा)ले ल्यायो ट्विटर जस्तै नयाँ एप, पाँच सय अक्षरसम्म पोस्ट गर्न सकिने

Advertisement

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले थ्रेड्स नामक नयाँ एप सञ्चालनमा ल्याएको छ । ट्विटरले आफ्ना सुविधा कटौती गरेको बेला सोही प्रकृतिको सेवा दिन फेसबुकले थ्रेड्स ल्याएको हो । 

थ्रेड्समा ट्विटरको भन्दा धेरै सुविधा प्राप्त हुन्छ । ट्विटरले सुविधा कटौती गर्दै थप सुविधा लिनका लागि निलो टिक (पैसा तिर्नुपर्ने) चाहिने व्यवस्था गरेपछि सेवाग्राही रुष्ट भएका थिए । 

Advertisement

सामाजिक सञ्जालमा क्षेत्रमा विश्वभर प्रभाव पार्न सफल दुई डिजिटल जायन्टहरु मेटा र ट्विटरबीच प्रतिस्पर्धा बढ्दो छ ।  

थ्रेड्स एप हाल नेपालसहित सय देशमा डाउनलोड गर्न सकिन्छ । यसमा प्रयोगकर्ताहरूले पाँच सय अक्षरसम्म पोस्ट गर्न सक्छन् । प्रतिस्पर्धीहरुले मेटाको यो एप्लिकेशनका कमजोरीहरु केलाइरहेको बेला मेटाले यो एप प्रारम्भिक भएको र यसका कमजोरीहरु सुधार गर्दै लगिने बताएको छ । 

यसमा मानिसहरूसँग अन्तरक्रिया गर्ने अरु सुविधाहरू पनि थप गरिने मेटाको भनाई छ । मेटाकै सहायक कम्पनी इन्स्टाग्रामबाट पनि खाता खोल्न सकिने
थ्रेट्समा कुनै पनि पोस्ट दुई वटा एप बीच सहजै सेअर गर्न सकिन्छ र उक्त पोस्टमा लिङ्क, तस्बिर र पाँच मिनेटसम्मको भिडिओ हाल्न सकिन्छ।

ट्विटरले नयाँ प्रोडक्ट ल्याउने तयारी गरिरहेको बेला मेटाले उसलाई उछिन्दै थ्रेड्स ल्याएको हो । यसमा प्रयोगकर्ताहरूले आफूले फलो गरेका र एपबाट सिफारिस भएका पोस्टहरू हेर्न पाउँछन् । यसमा आफूलाई मेन्सन गर्नेहरू छान्न र पोस्टमा आउने रिप्लाईमा निश्चित शब्दहरू फिल्टर गर्न सकिन्छ।

यसमा ट्विटरमा जस्तै अरू प्रयोगकर्तालाई अनफलो, ब्लक र रिपोर्ट गर्न पनि सकिन्छ। इन्स्टाग्राममा ब्लक भएका खाताहरू थ्रेड्स्‌मा स्वतः ब्लक हुन्छन्। ट्विरटरलाई ठूलो धक्का लाग्ने ठानिएको मेटाको यो नयाँ प्रोडक्ट प्रयोग गर्दा पैसा लाग्दैन् । 

Advertisement

Advertisement