राजधानीमै सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ

Advertisement

काठमाडौं । राजानधी काठमाडौंमै सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतवार पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्नहरु सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझी र भारत पश्चिम बंगालका श्रीकान्ता माईती छन् । 

Advertisement

पछिल्लो एक महिनायता विशेष गरी मर्निङ वाकमा निस्किने महिलाहरुको घाटीमा लगाइएको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  मनोज केसीले बताए । 

उनले भने, ‘बिहानीपख विशेषतः मोर्निङ वाकमा निक्लिने महिलाहरुको सुनको सिक्रीहरु लुटिएको भन्ने आधारमा अनुसन्धान शुरु ग¥र्यौं । र, यो अनुसन्धानलाई अगाडि बढायौं । यसमा गु्रपनै संलग्न रहेको पाइयो । यसमा ५ जनालाई पक्राऊ गरियो । बाइकहरुको प्रयोग गरेर उनीहरुले लुटेका हुन् ।’

लुटपाट कार्यमा मोटरसाइकलको प्रयोग गरेको पनि प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उनीहरुको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुट्ने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाइकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोबाइल सेट बरामद गरिएको छ । लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरुको पनि खोजि भइरहेको केसीले बताए । 
 

Advertisement

Advertisement