बैंक तथा वित्तीय संस्थामा एकैदिन थपियो २० अर्ब निक्षेप, कर्जा लगानी स्थिर !

Advertisement

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन २० अर्ब निक्षेप थपिंदा कर्जा लगानी भने स्थिर रहेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आइतबार बैंक तथा वित्तीय संस्थाहरुमा उक्त निक्षेप थपिएको हो । उक्त थपिएको रकमसहित बैंकिङ प्रणालीमा ५७ खर्ब १५ अर्ब निक्षेप छ । अघिल्लो दिन ५६ खर्ब ९५ अर्ब थियो । 

Advertisement

त्यस्तै आइतबार कर्जा लगानी ४८ खर्ब ६१ थियो, अघिल्लो दिनभन्दा कर्जा बढ्न नसकेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 

आइतबार बैंकहरुको सीडी रेसियो ८२.०३ प्रतिशत छ । अघिल्लो दिन ८२.३१ प्रतिशत थियो । त्यस्तै अन्तरबैंक ब्याजदर १.३६ प्रतिशत छ, अघिल्लो दिन २.९९ प्रतिशत थियो । 

राष्ट्र बैंकका अनुसार कूल निक्षेप मध्ये वाणिज्य बैंकहरुमा ५० खर्ब ५० अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा ६ खर्ब ६६ अर्ब छ । 

त्यस्तै वाणिज्य बैंकहरुको कर्जा लगानी ४३ खर्ब १ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ५ खर्ब ६० अर्ब रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।  


 

Advertisement

Advertisement