व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड फिरौती माग गर्दै नदिए हत्या गर्ने धम्की दिने पक्राउ

Advertisement

काठमाडौं । प्रहरीले व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड रुपियाँ फिरौती माग गर्ने र फिरौती नदिए हत्याको धम्की दिने एक जनालाई पक्राउ गरेको छ । 

नेपाल प्रहरीले विज्ञप्ति जारी गरी मोटो रकम फिरौती माग गरी हत्याको धम्की दिने खोटाङ राहबेशी गाउँपालिका– १ राहबेशी घर भई हाल काठमाडौं महानगरपालिका– ४ चुनदेवी बस्ने ४० वर्षीय रमेशकुमार गुरूङलाई मंगलबार पक्राउ गरिएको जानकारी दिएको हो । 

Advertisement

प्रवेश लामाको नामबाट फोन गरी हत्या गर्नको लागि योजना बनिसकेको र सुरक्षित हुन चाहानुहुन्छ भने रकम दिनुपर्ने भन्दै व्यवसायी प्रसाईंलाई असार १३ गतेदेखि पटक पटक एसएमएस समेत गरी रकम माग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)बाट खटिएको प्रहरीले उनलाई महाराजगंजबाट फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरेको हो । 

उनलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा थप अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ । लामो समयदेखि सामाजिक कार्यहरुमा समेत संलग्न व्यवसायी प्रसाई अहिले नागरिक, धर्म, संस्कृति, राष्ट्रियता बचाउ महाअभियान भनेर देशभर अभियान सञ्चालन गर्नुका साथै वित्तीय क्षेत्रमा भइरहेको विभेद र अन्याय अन्त्य हुनुपर्ने आवाज उठाउँदै आएका छन् । 

Advertisement

Advertisement