विद्युत प्राधिकरणलाई असफलताः नाफा गर्ने लक्ष्य २० अर्ब, प्रगति जम्मा १२ अर्ब

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरण लक्ष्यअनुसार खुद नाफा गर्न असफल भएको छ । गएको आर्थिक बर्षमा २० अर्ब ७८ करोड ५१ लाख रुपियाँ खुद नाफा गर्ने लक्ष्य रहे पनि जम्मा १२ अर्ब ६७ करोड ३८ लाख रुपियाँ मात्रै नाफा भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । 

नाफा घट्नुको कारण आर्थिक मन्दी भएको प्राधिकरणको तर्क छ । प्राधिकरणको लेखा प्रमुख लोकहरि लुइँटेलले भने, ‘सेल्स बढ्छ भनेर त्यति लक्ष्य राखेका थियौं । सेल्स नै बढेन् । आन्तरिक खपत पनि बढ्ने । इण्डिया निर्यात पनि बढ्ने । किनभने आर्थिक वृद्धि नै भएन् नि त । जम्मा दुई प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर छ । सेल्स कसरी बढ्छ र ? 

Advertisement

प्राधिकरणको गत बर्षको नाफा अघिल्लो आर्थिक बर्ष २०७८–७९ को भन्दा कम हो । उक्त आर्थिक बर्षमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपियाँ खूद नाफा गरेको थियो । लक्ष्यभन्दा निकै धेरै अन्तरले नाफा कम गरेको प्राधिकरणले अघिल्लो आर्थिक बर्ष जति पनि नाफा गर्न नसक्नुलाई ठूलो असफलताको रुपमा हेरिएको छ । पूर्वाधारको अभावले विद्युत खेर गएर नाफा कम भएको कुरामा सत्यता नरहेको लुइँटेलले दावी गरे । 

प्राधिकरणले गएको आर्थिक बर्षमा करिव एक खर्ब रुपियाँको बिजुली बेचेकोमा आन्तरिकतर्फ करिव ९० अर्ब रुपियाँ छ भने भारतमा ११ अर्ब रुपियाँको निर्यात गरेको छ । अघिल्लो आर्थिक बर्षमा प्राधिकरणले तीन अर्ब ९३ करोड रुपियाँको मात्र बिजुली निर्यात गर्दा पनि आन्तरिकरुपमा राम्रो व्यापार गर्न सकेको थियो । तर गएको आवमा निर्यातसँगै ग्राहकहरुसमेत बढेको बेला आम्दानी भने घटेको हो । 

गएको आवमा प्राधिकरणले कूल आम्दानीको करिब ६० अर्ब रुपियाँ बिजुली किन्न खर्च गरेको छ । यो रकम भारतबाट आयात हुँदा भएको खर्चसमेत हो । यस बर्ष राष्ट्रिय प्रसारणलाइनमा थप विद्युत उत्पादन जोडिएर तीन हजार एक सय मेगावाटको हाराहारीमा पुगेको छ । तर विभिन्न अवरोधलाई देखाउँदै प्रसारण तथा वितरणलाइन बनाउन प्राधिकरण असफल हुँदा यस बर्ष प्राधिकरणलाई यस बर्ष विद्युत धेरै खेर गई प्राधिकरणलाई ठूलो नोक्सान हुने अनुमान गरिएको छ । पूर्वाधार विकास राम्रो नहुँदा गएको गर्मीयाममा उद्योगहरुमा भारी मात्रामा विद्युत कटौती गर्नुपर्ने र बर्खामा विद्युत खेर फाल्नुपर्ने अवस्थामा छ ।    

डेडिकेटेड तथा ट्रंक लाइन र इन्टरनेट सेवा प्रदायकहरुसँग पोल उपयोग गरेवापतको अर्बौं रुपियाँ अशुल्न अफल हुँदै आएको प्राधिकरणले उक्त वक्यौता र त्यसको ब्याजलाई समेत गणना गरेर नाफा बढी देखाउँदै आएको छ । 

Advertisement