ठमेलमा होटल सञ्चालकलाई निर्घात कुटपिट गर्ने गुण्डाहरु पक्राउ

Advertisement

काठमाडौं । ठमेलस्थित ओमनिया क्लबका सञ्चालक तथा सुरक्षामा खटिएका कर्मचारीहरूमाथि कुटपिट गरी फरार रहेका गुण्डाहरु पक्राउ परेका छन् । 

उनीहरुलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरी कारवाही अघि बढाएको छ । कुटपिटमा संलग्न सानु भाई भन्ने युवराज गुरुङको समूह हो । उक्त समूहले असार दोस्रो साता आमनिया क्लबका सञ्चालक र कर्मचारीलाई कुटपिट गरेको भिडियो भाइरल भएको थियो । 

Advertisement

असार पहिलो साता युवराज गुरुङ समेतको समूह उक्त क्लवमा आएर सेवाग्राहीसँग वादविवाद र झगडा गरेको, क्लवका सञ्चालकले सानुभाई क्लबको सोफामा लुकी बसेको भन्दै हिंडेको भनेर गुरुङको टोली असार १५ गते राती २ बजे क्लबमा पुगेर क्लबका सञ्चालक राजेन्द्र गुरुङ तथा सुरक्षामा खटिएका कर्मचारीहरुमाथि कुटपिट गरि फरार भएको प्रहरीको भनाई छ । 

गुण्डागर्दीमा संलग्न टोली फरार भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुको खोजतलास गर्दै आएकोमा असार २९ गते नागढुङ्गाबाट उनीहरुलाई नियन्त्रण गरिएको हो । 

पक्राउ पर्नेमा नवाकोटको ककनी–५ घर भई गंगबु बस्ने वर्ष ३३ को युवराज गुरुङ, टोखा नगरपालिका– १० घर भई हाल मनमैजु बस्ने बर्ष ३३ को बिक्रम अधिकारी, तनहु व्यास नगरपालिका– २ का बर्ष ३२ का सुवास कायष्थ, व्यास– २ कै बर्ष ३२ का सुरज कायष्थ, नुवाकोट पञ्चकन्या गाउँपालिका– ५ घर भई गंगबु बस्ने वर्ष २९ को कमल तामाङ र ककनी– ५ घर भई हाल गंगबु बस्ने वर्ष ३५ को निरज गुरुङ छन् । 

उक्त वारदातमा संलग्न रधु तामाङ ,विनोद तामाङलाई वारदात पश्चात तत्कालै तथा शेरलाल पौडेललाई गत असार २३ गते पक्राउ गरी प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

Advertisement

Advertisement