सुन तस्करीलाई साथ दिएको आशंकामा त्रिभुवन भन्सारका अधिकृत सन्तोष चन्द निलम्बित

Advertisement

काठमाडौं । सुन तस्करीलाई साथ दिएको आशंकामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको छ । 

त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा अवैध सुन बरामद भएपछि चन्दलाई निलम्बन गरिएको र अन्यमाथि पनि छानविन र कारवाहीको तयारी गरिएको भन्सार विभागले जानकारी दिएको छ । भन्सारका अन्य एक जना सुब्बा पनि निगरानीमा रहेको स्रोतको भनाई छ । 

Advertisement

मोटरसाइकल तथा स्कुटरको ब्रेक सु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । एक सय ६० केजी अवैध सुनबारे राजश्व अनुसन्धानले सुचना पाएपछि उसले हस्तक्षेप गरेर बरामद गरेको थियो । 

यसरी चीन तथा हङकङ हुँदै नियमितरुपमा सुन तस्करी हुँदै आएकोमा २९औं पटकमा पक्राउ गरिएको हो । विमानस्थलमै रहने सरकारी युनिटहरुको मिलेमतोमा सुन तस्करी हुँदै आएकोमा अहिले भने राजश्व अनुसन्धानले हस्तक्षेप गरेर पक्राउ गरिएको हो । तस्करीमा संलग्न रहेको आशंकामा केही व्यक्ति र ट्याक्सी चालकलाई पक्राउ गरिएको छ । यसमा एक जना नाम चलेका ठूलो व्यवसायको नाम आएको छ । 

Advertisement

Advertisement