जाँचपासमा संलग्नसहित त्रिवि भन्सारका सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन गर्ने भएको छ । 

भन्सार विभागका अनुसार विमानस्थलको भन्सार जाँचपासमा संलग्न सबैलाई निलम्बन गरी छानबिन गर्ने तयारी गरेको हो । कडा सुरक्षा भनिए निकै एक अर्बभन्दा बढी मूल्य पर्ने एक कुइन्टलभन्दा धेरै सुन जाँचपास भएर बाहिर आउँदासम्म चाल नपाउने सुरक्षा संयन्त्रप्रति अहिले ठूलो प्रश्न उठेको छ । 

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संयन्त्र पार गर्दै बाहिर आएर ट्याक्सीमा लोड गरेको बेलामा राजश्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको थियो । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार अनुसन्धान शाखाको निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा पछिल्लो सुन तस्करीको घट्नाको छानविन गर्न समिति गठन भएको छ । 

खड्काले भने, ‘हामीले त्यसमा संलग्न कर्र्मचारीहरुलाई निलम्बन गर्न र त्यहाँ के भएको हो ? के कमीकमजोरी भएको हो ? के कारणले त्यस्तो हुन गयो ? सबै कुराको लागि कमिटि गठन गरेका छौं । छानबिनका लागि जाँचपासमा संलग्नलाई निलम्बन गर्ने र अरू थप व्यक्तिहरू पनि त्यसमा संलगन भएको खुले उनीहरूलाई पनि निलम्बन गर्ने छौं ।’ 

राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन बुधबार बरामद गरेको थियो । विभागले अहिलेसम्म यसमा संलग्न छ जनालाई पक्राउ गरिसकेको छ । 

Advertisement

Advertisement