निर्माण व्यवसाय छोडेर हिमाल आरोहणमा रमाउँदै राई

Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर)को चुचुरो चुम्ने र हेने धेरैको सपना हुन्छ । तर सबैले सगरमाथामा पाइला टेक्न सक्छन भन्ने छैन् । धेरैको आरोहण सफल हुने गरेको सुनिए पनि सबैको हिमाल आरोहण सफल हुँदैन् । 

यस्तै गएको वसन्त ऋतृमा डम्बर सिंह बान्तवा राईको पनि सगरमाथा शिखरमा पाइला टेक्ने सपना सफल हुन सकेन् । उनी सगरमाथाको साउथ समिट (८,७४९ मिटर) उचाइसम्म पुगी दुःखका साथ फर्किनुपर्यो । राजधानीको बुढानीलकण्डमा बस्दैआएका राईले सगरमाथा चढ्न जानुअघि छ हजार ११९ मिटर  उचाइको लोबुचे पिक चढेका थिए । त्यसअघि उनले मेरा पिक पनि चढेका थिए । 

Advertisement

निर्माण व्यवसायमा समेत संलग्न राईले सो व्यवसायबाट विश्राम लिएर हिमाल आरोहणमा लागेका हुन् । उनी भन्छन्, ‘सानैदेखि धेरै दुःख गरियो । अब चाहिँ व्यवसायबाट विश्राम लिएर नयाँ र साहसिक काम गर्नुपर्छ भनेर हिमाल आरोहण सुरु गरेको हुँ ।’ राई थप्छन्, ‘मान्छेलाई जति गरे पनि नपुग्ने रहेछ भनेर काम छोडेको हुँ । मैले गरिरहेको काम आफूसँगै काम गर्ने एक जना भाईलाई हस्तान्तरण गरेर अशकाश लिएको हुँ । यो फुर्सदमा हिँड्ने, हिमाल चढ्ने, घुम्ने, परिवारसँग समय बिताउँदै छु ।’ गएको वसन्त ऋतृमा स्वदेशी र विदेशी गरी ६४६ आरोहीले सगरमाथा चढेका थिए । 

करिब २३ वर्षको ठेकेदारी पेशा छोडेर हिमाल आरोहणमा लागेका राईलाई केही प्रश्न–

निर्माण व्यवसाय छोडेर किन हिमाल चढ्न रहर लाग्यो तपाइँलाई ? 
हिमाल आरोहणको समाचारहरु पढ्दा म पनि चढ्न जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । मैले कामबाट अवकाश लिएपछि धुम्बाराहीमा एक दिन पासाङ ल्याहमु वाल क्लाइविङ केन्द्रमा गएर क्लाइविङ गर्न थालें । त्यहीं बानी पनि बस्यो । क्लाइविङ गर्न जाँदा त्यहाँ हिमाल आरोही, हिमालमा काम गर्ने शेर्पा भाईहरुसँग भेट भयो । फुर्सदमा हिमाली क्षेत्रमा काम गर्नेहरु त्यहाँ तालिम गर्न धेरै आउँदोरहेछ । त्यहीं उनीहरुसँग कुरा हुँदाहुँदै हिमाल चढ्न जाने बाटो खुल्यो । उनीहरुसँग कुरा गर्दै जाँदा अझ हिमालतर्फ मेरो आकर्षण बढ्यो । उनीहरु नेपालको विभिन्न ठाउँहरु गएको, हिमाल चढेको सुनेपछि म पनि जानुपर्छ कि क्या हो ? भन्ने लाग्यो । मैले पहिलादेखि देखेको सपनाको साथीहरु यहाँ पो रहेछ भन्ने मनमा भयो । रहर जागेर आयो । पासाङ ल्याहमु वाल क्लाइविमङ केन्द्रमा मैले दुई वर्षको अवधिमा दिनको एकदेखि डेढ घण्टा क्लाइविङ गरिरहें । 

हिमाल आरोहणको यात्रा चाहिँ कसरी सुरुवात भयो तपाईंको ? 
पहिलादेखि नै हिमाल आरोहण गर्छु भन्ने मनमा थियो । तर कुन हिमाल भनेर चाहिँ सोचेको थिइन् । एकै पटकमा त सगरमाथा चुचुरोमा पुगिन्न होला भन्ने पनि मलाई थाहाँ थियो । त्यही भएर अघिल्लो वर्ष अक्टोबरमा मेरा पिक चढ्न गए । सफलापूर्वक चढेर आएँ । परिवारमा हिमाल आरोहण गर्न जर्दा खतरा हुन्छ भन्ने कुराहरु त्यति थाहाँ थिएन । खुःसी चाँहि भए परिवारका सबै जना । म १४ दिनको लागि मेरा पिक गए । १४ दिनमै मेरा पिकको सफल आरोहण गरि नै काठमाडौं फकिए । मेरा पिक चढेर आएपछि म अझ अग्लो हिमाल पनि आरोहण गर्न सक्छु भने भयो मनमा । 

मेरा पिकको चुचुरोमा पुग्दा कस्तो महशुस गर्नुभयो ?
संसारभरको मान्छेहरु त यस्तो सुन्दर कुरा पो हेर्न आउँदो रहेछ भन्ने मनमा भयो । मेरा पिकभन्दा अझ माथिबाट हेर्न पाए पनि कस्तो होला मनमा लाग्यो । यो ठाउँमा मेरो पिता, कोही पनि नआइपुगेको ठाउँमा म आइपुगे भन्ने भयो । मैले पायनियर एडभेन्चर कम्पनीबाट सगरमाथाको आरोहणमा जानुअघि लोबुचे पिक चढेको थिए । 

सगरमाथाको कति उचाइसम्म पुगेर फर्किनुभयो ? 
सगरमाथाको साउथ समिट (८,७४९ मिटर)को उचाइसम्म पुगेर फकिनुपर्यो । त्यति उचाइमा मसँग भएको ग्रुप अगाडी गइहाल्यो । मसँग अक्सिजनको पनि कमी भयो । थप अक्सिजन लिएर गएको थिएन् । मेरो शेर्पा भाई अलिकति बिरामी भयो । अरु आरोहीहरुसँग कुरा गर्दा माथि नजानु, तपाइँको अक्सिजन कम रहेछ, तपाइँ यो अक्सिजनले माथि पुगिन्छ । तर फर्किएर आउन पुग्दैन । बरु तल नै फर्किनु भनेसी मैले ज्यान जोखिममा राखेर जानुभन्दा तल्ला फकिृन नै बेस भनेर मन भारी गर्दै फर्किएँ । सगरमाथाको चुचुरोमा पुग्न दुई सय मिटर त्यस्तै छ भन्ने अरु आरोहीहरुबाट सुनेको थिए । एक त मेरो अक्सिजन पनि सकिन् लाग्नु र अर्को कुरा मेरो शेर्पा भाईलाई पनि सन्चो नभएपछि साउथसमिटपछि माथि चुचुरोसम्म पुग्न पाइएन् । सगरमाथाको चुचुरोसम्ममा पुग्न पाइएन । तर साउथसमिटसम्म पुग्दा पनि मलाई म चुचुरोमा नै पुगेर फर्किएको अनुभव भयो । यस पटक मेरो सगरमाथाको चुचुरोमा पुग्ने सपना पूरा भएन । तर फेरि अर्को वसन्त ऋतृमा आरोहण गर्न जाने छु ।

त्यसपछि के गर्नुभयो ?
बिस्तारै तल्ला झरें । तल्ला क्याम्पमा अइपुगेपछि मेरो अक्सिजन सक्किहाल्यो । करिब आधा घण्टा म बिना अक्सिजन नै तल्ला झरें । अक्सिजन बिना मलाई निकै गाह्रो भएको थियो । बल्ल बल्ल मेरो शेर्पा बसेको टेन्टमा आइपुगें । शेर्पा साथीलाई हातको इसाराले अक्सिजन फेर्न भनें । उनीहरुले फेरिदिएपछि मलाई ठिक भयो । अक्सिजन बिना त मान्छेको मृत्यु हुनेरहेछ भन्ने भयो मलाई । साउथ समिटसम्म पुग्दा हाम्रो देश यति सुन्दर रहेछ, हाम्रो देशमा सुन्दर हिमाल, पहाडहरु, रमाइलो ठाउँहरु रहेछ, हामी बाहिर देश जाने तर विभिन्न देशहरुबाट पर्यटकहरु हाम्रो देशमा आउने रहेछ भन्ने अनुभव भयो । विदेशीहरु नेपालमा रहेको यस्तो सुन्दर सगरमाथा हेन आउँदोरहेछ तर हामी यस ठाउँमा पुग्न नसकेको रहेछ भन्ने भयो । त्यही भएर मलाई विदेश जान पनि मन लागेन् । मेरा पिक चढेर आइसकेपछि स्वदेश मै स्वर्ग रहेछ, हेर्ने ठाउँ यही रहेछ भन्ने मलाई मनमा लाग्यो । 

अब फेरि कुन हिमाल आरोहण गर्ने योजना छ ? नेपालको मात्र हिमाल आरोहण गर्ने योजना हो कि बाहिरका हिमालहरु पनि चढने ?
अब यही सेप्टेम्बर–अक्टोबरमा नेपालमा रहेको मनास्लु र अमा दब्लम हिमाल आरोहण गर्ने योजनामा छु । सकेसम्म नेपालमा रहेका आठ हजार मिटरभन्दा अग्ला हिमालहरु आरोहण गर्ने योजना छ । 

राई सामुदायबाट तपाइँको उमेरको कसैले सगरमाथाको आरोहण गरेको छ कि छैन् ? 
म ६२ उमेरको भयो । मेरो उमेरको राई सामुदायबाट कसैले पनि सगरमाथाको आरोहण गरेको छैन् जस्तो लाग्छ । मैले यस पटक सगरमाथाको सफल आरोहण गरेको भए म राई सामुदायबाट धेरै उमेरमा सगरमाथाको आरोहण गर्ने पहिलो नै हुन्थ्यो पक्कै । मैले सगरमाथाको आरोहण गर्नुको कारण भनेको मेरो उमेरकाले पनि प्रयास गरे सफल हुँदोरहेछ भन्नलाई हो । राई समुदायबाट ६० वर्षभन्दा माथिको उमेरमा सगरमाथाको चुचुरोमा पाइला टेक्ने म नै पहिलो व्यक्ति हुन्थ्यो । प्रयास गरे तर यस पटक सफल हुन सकेन् । तर मैले हिम्मत हारेको छैन् । फेरि पनि चढने छु, अर्को वर्ष । 

Advertisement

Advertisement