एक्सरे मेशिनले स्क्यान गर्दा सुन देखिएनः भन्सार, सुन नै हो, हामी आफै चेक गर्छौं: राजश्व

Advertisement

एक्सरेमा ‘ब्रेक प्याड’ स्क्यान गर्दा सुन देखिएन्, ‘हामी आफै चेकजाँच गछौं’– राजश्व अनुसन्धान 
काठमाडौं । बुधबार ठूलो परिमाणमा सुन बरामद भएको भोलिपल्ट त्रिभुवन विमानस्थलमा चेकजाँच गर्न बाँकी रहेको एक हजार २० पिस ब्रेक प्याडमा समेत सुन भएको आशंकामा विमानस्थलको एक्सरे मेशिनमा स्क्यान गर्दा सुन भएको पुष्टि हुन सकेन् । 

राजश्व अनुसन्धान विभागले भने आफूहरुलाई सुराकीले दिएको सुचनामा बाँकी रहेको सामानमा पनि सुन रहेको भनिएको भन्दै बिहीबार पनि सामान जफत गरी चेकजाँच सुरु गरिएको थियो । 

Advertisement

उक्त सामान मेशिनमा लगेर स्क्यान गर्दा सुन नदेखएको भन्सार विभागका एक निर्देशक नारद गौतमले जानकारी दिए । तर राजश्व अनुसन्धानले भने यसअघि सुचना दिने भरपर्दो स्रोतले आज बरामद गरिएको सामानभित्र पनि सुन नै रहेको बताएको अडान राख्दै यसको चेकजाँच आफूहरुले ब्रेक प्याड विभागमै लगेर भौतिकरुपमा गर्ने बताएको छ । 

राजश्व अनुसन्धानले यसअघि सुन लुकाएर पठाउने कम्पनीबाटै गाडीको पार्टपुर्जा भनेर आएको सामान प्याक गरेर विभाग लगेको छ ।  विभागले सुन भएनभएको चेकजाँच गरेर नभए फिर्ता गर्ने बताएको छ । तर राजश्व अनुसन्धान विभागका एक अधिकारीले भने ब्रेक प्याडभित्र सुन भएकोको कुरामा आफूहरु पक्का रहेको बताए । 

Advertisement

Advertisement