सुन भएको आशंकामा नियन्त्रण गरिएको पहेंलो धातु रातभर चेक गर्दा पित्तल र तामा निस्कियो

Advertisement

काठमाडौं । अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको एक साता नबित्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सुन भनेर जफत गरेको धातु तामा र पित्तल भएको जनाइएको छ । 

शुक्रबार नेपाल वायुसेवाको उडान नम्बर आरए ४०२ बाट बैंकक हुँदै काठमाडौं आएका थाई नागरिक सावान काइथासोङले १० थान पहेलो धातु ल्याएका थिए । सो धातु सुन भएको आशंकामा पक्राउ गरेर भन्सार विभागले रातभर चेकजाँच र सोधपुछ गरेको थियो । 

Advertisement

तर उक्त धातु सुन नभई थाई नागरिकले लुम्बिनीमा बौद्ध मन्दिरमा चढाउनका लागि ल्याएको तामा र पित्तल भएको पुष्टि भएको भन्सार विभागको भनाई छ । थाई नागरिकले थाई सरकारबाटै अनुमति लिएर ती धातु ल्याएको कागजात समेत बोकेको विभागको भनाई छ । 

भन्सार अधिकृतले १० थान पहेंलो धातुलाई एक्सरे मेसिनमा राखेका थिए । तर सो धातु सुन जस्तै गाढा देखिएको थियो । ती नागरिकलाई भन्सार कक्षमा राखी राती नै सुन परीक्षणका लागि कार्यालयले ल्याब परीक्षण गर्न पठाएको थियो । परीक्षणमा ६० प्रतिशत तामा, ३० प्रतिशत जिङ्क ३ प्रतिशत शिशा १ प्रतिशत टीन मिलेर बनेको पित्तल भएको पुष्टी भएको विभागको भनाई छ । 

पितल भएको पुष्टी भएपछि ती सामानहरु थाई नागरिकलाई नै जिम्मा लगाइएको छ । भन्सार कार्यालयले अहिले सुन चेक जाँचलाई कडाईका साथ अघि बढाएको छ । एक्सरे रिपोर्टमा सुनलाई सबैभन्दा गाढा रंगको देखाउने गर्छ । यसैको आधारमा भन्सार जाँचकीले जोखिमको आधारमा विश्लेषण गर्ने गर्छ । 

एक्सरे रिपोर्टमा देखिएको दृष्य

Advertisement

Advertisement