बुधबार छापा मारिएको ६० कार्टुन ‘ब्रेक सु’मा रातभर परीक्षण गर्दा सुन भेटिएन्

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार साँझ छापा मारी नियन्त्रणमा लिएको ‘ब्रेक सु’ सुन नभएको पाइएको विभागले जनाएको छ । रेडी ट्रेड प्रा.लि.ले ल्याएर राखिएको उक्त सामानहरु नियन्त्रण गरी परीक्षण गर्दा सुन नेगेटिभएको हो । 

पछिल्लो पटक बरामद गरिएको सय किलो भन्दा धेरै सुन सोही कम्पनीले ब्रेक सु भनेर आयात गरेको थियो । सो कम्पनीले सोभन्दा पहिला ल्याएको ब्रेक सु पनि सुन हुनसक्ने आशंकामा यसको गोदाममा छापा मारिएको थियो । हिजो नै टेस्ला गाडीको नेपालको आधिकारिक बिक्रेता रहेका एक व्यापारीको घरमा अवैध सुन तस्करीमा संलग्न रहेको आशंकामा छापा मारिएको थियो । 

Advertisement

विभागले बुधबार बेलुकी सोह्रखुट्टेमा रेडी ट्रेकको गोदामबाट सुन रहेको आशंकामा साठी कार्टुन ब्रेक सु नियन्त्रणमा लिएको थियो । रातभर चेकजाँच गर्दा त्यसमा सुन नभेटिएको अनुसन्धानमा सहभागी एक कर्मचारीले बताए ।

रेडी ट्रेडले तीन महिनामा करिब एक हजार ८४५ किलो समान आयात गरेको थियो । जसमा एक हजार २० वटा मोटरसाइकलको ब्रेक सु रहेको छ । यस्तै दुई हजार सात सय वटा भन्दा बढी दाह्री काट्ने मेसिन रहेको छ । दाह्री काट्ने मेसिनमा पनि सुन नभएको विभागले जनाएको छ । विभागले यसअघि त्रिवि विमानस्थल भन्सार कार्यालयबाट १३ कार्टुन दाह्री काट्ने मेसिन परीक्षण गर्न लगेको थियो । 

विभागले गत साता नियन्त्रणमा लिएको १६० वटा ब्रेक सुमा भने सुन रहेको जनाइएको छ । सुन पगालेर जोख्नका लागि राष्ट्र बैंकलाई जिम्मा दिइएको छ । तर एक हप्ता बितिसक्दा पनि बैंकले सुन जोखेर सकेको छैन् ।

कति परिमाणमा सुन बरामद भएको हो ? सो कुरा पुष्टी हुन बाँकी रहेको विभाग स्रोतले बतायो । सुन तस्करी प्रकरणमा विभागले १७ जना भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नियन्त्रणमा लिइएकाहरुकै सुचनाको आधारमा बुधबार बेलुकी थप सामान बरामद भएको थियो । सो सामानमा प्रारम्भिक चरणको अध्ययनमा सुन भेटिएको छैन् ।

Advertisement

Advertisement