कीर्तिमानी आरोही लाक्पा शेर्पाद्धारा केटुको सफल आरोहण

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गरेकी छन् । 

उनले १०औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् । शेर्पाले विश्वको दास्रो अग्लो केटुको बिहीबार पाकिस्तानको स्थानीय समयअनुसार बिहान १२ बजे आरोहण गरेको ‘एट–के’ एक्सपेडिसन कम्पनीका सञ्चालक पेम्बा शेर्पाले जानकारी दिए ।

Advertisement

लाक्पा शेर्पाले नेपाली महिला कुनै पनि कामका लागि पछि हट्दैनन्, जुनै काम गर्न सक्छन् भन्ने सन्देश दिन हिमाल आरोहण गर्न लागेको यसअघि सगरमाथाको आरोहण गर्नुअघि बताइकी थिइन् । 

लाक्पाले कीर्तिमानी आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक विश्वको शिखरमा पाइला टेकेको पुरानो आरोहण शैलीलाई पछ्याइ सगरमाथासम्म पुगेकी थिइन् । 

नवौं पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाउन सफल उनले सगरमाथा आरोहणमा धेरै पटक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान तोडेकी थिइन् । उनले यसअघि दुई पटक नेपालतर्फबाट र आठ पटक तिब्बततर्फबाट सगरमाथा चढेकी हुन् । 

 

 

 

Advertisement

Advertisement