करिव ३० करोड लगानीमा ‘कुरिनटार रिट्रिट’ सञ्चालनमा, नयाँ सुविधाहरु थप्दै

Advertisement

काठमाडौं । आथित्यता क्षेत्रमा काम गर्दै आएका पाँच जना युवा उद्यमी मिलेर चितवनको कुरिनटारमा ‘कुरिनटार रिट्रिट’ सञ्चालनमा ल्याएका छन् । विस्तारिक योजनासहित करिव ३० करोड रुपियाँ लगानी हुने जनाइएको यो रेष्टुरेन्ट एलिट हस्पिटालिटिअन्तर्गत सञ्चालन गरिएको हो । 

रिट्रिट नजिकै कक्टेल र मक्टेलको सुविधासहितको बार, पौडी पोखरी र थप रुमहरु निर्माण गरिँदैछ । बेलायतबाट होटल म्यानेजमेन्टमा स्नातकोत्तर अध्ययन गरी केही बर्ष सम्वन्धित क्षेत्रमा काम समेत गरेर नेपाल आएका रिट्रिटका अध्यक्ष योरजंग कार्कीले केही पहिले नै रिट्रिट सञ्चालन गर्ने योजना रहे पनि कोरोना महामारीका कारण ढिलो भएको बताए । उनले सन् २०१९ बाट सुरु भएको रिट्रिट निर्माणको काम कोरोनाले गर्दा तीन बर्ष लागेको बताए । 

Advertisement

कार्कीको टिमले रिट्रिटअघि म्याक्सिम्स ब्याङ्क्वेट एण्ड इभेन्ट सञ्चालन गरेका थिए । उद्यपी उनीहरुको व्यवसाय भने क्याफेटेरियाबाट सुरु भएको हो । दुई विघा क्षेत्रफलमा रहेको रिट्रिट परिसरमा होण्डाको चार्जिङ स्टेशन पनि निर्माण हुन लागेको छ । त्रिशूलीको किनार र राजमार्गको छेउमा राम्रै ठाउँ देखेपछि आफूहरु रिट्रिट सञ्चालन गर्न उपयुक्त ठानेर लगानी सुरु गरेको सुनाउँदै कार्कीले आफूहरुले सेवा प्रवाह र खाने कुराको गुणस्तरमा कुनै सम्झौता नगर्ने गरेको बताए । 

उनले भने, ‘राजमार्गमा हेर्ने हो भने प्रायः धेरै ठाउँको खाने कुरा स्वस्थकर र ताजा नहुने गरेको यात्रुहरुले गुनासो गर्ने गरेको पाउँछौं । हाम्रो रिट्रिटमा त्यो हुँदैन् । किनभने हामीले एउटा मापदण्डमा काम गर्ने हो । त्यहीअनुसारका अनुभवी र तालिम प्राप्त कर्मचारीहरु छन् । सेवा प्रवाह र खाने कुराको स्वच्छतामा कुनै समस्या हुँदैन् ।’ 

कार्कीले थपे, ‘जोकोही शान्त र आरामदायी तरिकाले समय बिताउन सकुन, व्यस्त जीवनबाट एक–दुई दिन आराम गर्न चाहनेहरुले उपयुक्त ठाउँ पाउन भनेर रिट्रिट सञ्चालन गरेका हौं । यहाँ आएका मानिसहरुले छुट्टै अनुभूति र सन्तुष्टि प्राप्त गरेको बताउने गरेका छन् ।’ 

Advertisement

Advertisement