महेन्द्रनगर–कञ्चनपुरमा डिशहोम फ़ाईबरनेट सेवा शुरु

Advertisement

काठमाडौं । डिश मिडिया नेटवर्क लि. (डिश होम ) ले महेन्द्रनगर कंचनपुरमा डिशहोम फ़ाईबरनेटको औपचारिक सुरुवात गरेको छ ।  

उक्त सोरुम उद्घाटन कार्यक्रममा डिशहोमका तर्फवाट कार्यकारी उपाध्यक्ष रमेश सापकोटा, रेभिन्यू कलेक्शन प्रमुख उज्जल न्यौपाने, रिजनल सेल्स म्यानेजर बिपेन्द्र न्यौपाने , सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरको तर्फबाट बब्लु भट्टको उपस्थिति थियो । 

Advertisement

२०७८ फागुनदेखी डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन रोयल मल्टी प्रपोजले गर्नेछ ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजले  अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ । 

८५० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको रोयल मल्टी प्रपोजले अव अझ बढी ग्राहकहरूकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले जानकारी दिए ।
 

Advertisement

Advertisement