खाडीमा काम गर्न जाने र अरु यात्रुको एउटै लाइन मैले बनाइसकेंः पर्यटनमन्त्री

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जाने यात्रुहरुको फरक फरक लाइन अहिले नरहेको बताएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले खाडी मुलुकमा काम गर्न जाने नेपाली यात्रु र अरु यात्रुको छुट्टाछुट्टै लाइन नरहेको बताएका हुन् । 

Advertisement

खाडीमा काम गर्न जाने यात्रु र अरु यात्रुको छुट्टा छुट्टै लाइनको विषयमा प्रश्न उठेको उल्लेख गर्दै तर आफूले अहिले एउटै लाइन बनाएको बताएका छन् । किरातीले लेखेका छन्, अहिले टीआईएमा त्यो स्थिति नरहेको र सबैको लाईन एउटै भएको जानकारी गराउँदछु ।’

Advertisement