रु दश अर्ब ४० करोड राजश्व उठाउने लक्ष्य लिएका बालेनले रु दश अर्ब २५ करोड उठाए

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९–८० मा रु दश अर्ब २५ करोड ४१ लाख राजश्व असुल गरेको छ । कामपाले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्यअनुसार नै उठे पनि केन्द्र र प्रदेशबाट बाँडफाँट र अनुदानबाट आउने रकम आउनुपर्ने जति नआउँदा समग्र राजश्व भने घटेको छ ।     
     
आव २०७८–७९ मा पनि कामपाले दश अर्ब ४१ करोड राजश्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि अछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी रु एक अर्ब ३६ करोड बढी असुल भएको कामपा राजश्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो ।     
     
जसमा सबैभन्दा बढी बहाल करमा रु दुई अर्ब ५६ करोड असुल भएको छ । त्यस्तै सम्पत्ति करमा रु एक अर्ब आठ करोड, व्यवसाय करमा ५८ करोड असुल गरेको छ । त्यस्तै नक्शापास दस्तुरबाट रु १० करोड ११ लाख भन्दा बढी राजश्व उठेको छ । स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजश्व उठाएको हो ।     
     
आव २०७८–७९ मा जम्मा रु चार अर्ब ४६ करोड आन्तरिक राजश्व उठाउन सफल भएको कामपाले आव २०७९–८० मा रु पाँच अर्ब ८२ करोड राजश्व उठाउन सफल छ । कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजश्व असुल गर्दै आएको छ । 

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५–१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ ।     
     
गत आवमा बाँडफाँटबाट कामपाले रु एक अर्ब ८५ करोड पाएको छ । राजश्व विभाग प्रमुख काफ्लेले भने, “अघिल्लो वर्षको तुलनामा रु एक अर्ब ६८ करोड ९४ लाखले कमी हो । अघिल्लो वर्ष करिब तीन अर्ब रु ५५ करोड प्राप्त गरेको थियो ।” कामपाको मेयर बालेन शाह हुन् । 

Advertisement

Advertisement

Advertisement