सुन तस्करीमा सीआईबीको अनुसन्धान सुस्तायो, तस्कर होइन्, भन्सारका कर्मचारी पच्छ्याउँदै

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सय किलोभन्दा बढी सुन तस्करीमा संलग्न ठूला तस्कर खोज्न छाडेर भन्सार विभागका कर्मचारीलाई केरकार गर्न सुरु गरेको छ ।

सीआईबीले दुई पांग्रे सवारी साधनको ‘ब्रेक सु’ भनेर सुन भित्राउने कम्पनी रेडी ट्रेड प्रा.लि.को सामान जाँचपासमा को कस्ले हस्ताक्षर गरेका छन् ? सोको विवरण माग गरेको छ । यही गत साउन २४ गते भन्सार कार्यालयलाई पत्र लेख्दै सीआईबीले सबै कर्मचारीको विवरण पेश गर्न भनेको हो । पत्रको जवाफ छिटो पठाउन भन्दै सीआईबीले भन्सार कार्यालयमा पत्रको फलोअपका लागि एक टिम नै परिचालन गरेको छ ।

Advertisement

रेडी ट्रेडले ल्याएको सामानको जाँचपासमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका १५ जनाभन्दा बढी कर्मचारीले हस्ताक्षर गरेका छन् ।​ रेडी ट्रेडको सामान जाँचपास गर्ने एक कर्मचारीले भने, ‘हामी सीआईबीलाई अनुसन्धानमा सहयोग गर्न तयार छौं ।  हामी भाग्दैनौं । बिगतमा पनि धेरै सुन अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियौ । अनुसन्धानमा सहयोग गर्दै आएका छौं ।’

सुन तस्करीको अनुसन्धानको जिम्मा पाएको एक हप्ता बितिसक्दा पनि सीआईबीले यसलाई तीब्र बनाउन सकेको छैन् । त्यसो त यसअघिका सुन तस्करीको अनुसन्धानमा मुख्य तस्कर र तिनका संरक्षकहरुलाई पक्राउ गरी कारवाही गर्न सकेको छैन् । ती सीआईबीले भरिया र विचौलियालाई पक्राउ गरेर कारवाही गरे पनि मुख्य तस्करहरुलाई किन पक्राउ गर्न सक्दैन् ? प्रश्नको विषय बन्दै आएको छ । जबकी सीआईबीले अरु अपराध अनुसन्धानमा भने राम्रो सफलता प्रस्तुत गर्दै आएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको शक्ति प्रयोग गरी पछिल्लो बहुचर्चित सुन तस्करीको अनुसन्धानको जिम्मा हात पार्न सफल प्रहरीले आफ्नो अनुसन्धान भन्सार कार्यालयमा केन्द्रीत गरेको छ । आर्थिक प्रलोभनमा भन्सारका कर्मचारीहरुले भन्सार जाँचपासमा सम्झौता गरेको हुनसक्ने संभावना बढी देखिए पनि मुख्य तस्कर भने उनीहरु होइन् । 

सीआईबीले आफ्नो अनुसन्धानमा त्रिभुवन भन्सारका १२ जना कर्मचारीलाई ‘हिट लिष्ट’मा राखेर अनुसन्धान गरिरहेको स्रोतले बतायो । भन्सारकै कर्मचारीहरुको बयानका आधारमा उनीहरुलाई ‘हिट लिष्ट’मा राखिएको हो । उनीहरु सबैलाई सीआईबीले पक्राउ गरिसकेको छ । 

सुन तस्करीमा ‘कनेक्सन’ देखिएका व्यापारी र चिनियाँहरुलाई पक्राउ गरेर पनि ४८ घण्टा बित्न नपाउँदै रिहा गरिएबाट आम मानिसमा थप आशंका जन्मिएको छ । सुन तस्करमा कालो सूचीमा परेका दुई चिनियाँ नागरिक र रोकश अडुकियाका छोरा रोहनलाई सीआईबीले शनिबार छाडिदिएको थियो । 

यसअघि सुन तस्करीको छानविनमा राजश्व अनुसन्धान विभागलाई पनि प्रहरीले असहयोग गर्दै आएको थियो । स्रोतका अनुसार दावा छिरिङ लामालाई पक्राउ गर्नका लागि नेपाल प्रहरीले अस्वीकार गरेको थियो । तर राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले अडान लिएपछि सशस्त्र प्रहरीलाई निर्देशन दिएर दावालाई पक्राउ गरिएको थियो । दावा पक्राउ परेपछि उनको कनेक्सन अधिकांश माओवादीका उच्च तहका नेताहरुसँग देखिएको छ । 

तर सीआईबीले भने सुन तस्करीको प्राविधिक पाटोमा अनुसन्धान गरिरहेको भन्दै गतिविधि सुस्त बनाएको छ । सुन तस्करीमा प्रहरीको स्पष्ट गल्ती रहेको विज्ञहरुको तर्क छ । देशमा ठूलो परिमाणमा खुलेआम सुनको तस्करी भइरहदा प्रहरीले कुनै जानकारी पाउन सकेको छैन् । यसले त्रिभुवन विमानस्थल जस्तो संवेदनशील ठाउँमा उसको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ । 

त्रिवि भन्सार कार्यालयले २०७९ पुस ८ गते १९ किलो सुनसहित सुडानका नागरिक मोहम्मद अहमद डाफल्ला सराफलदिन पक्राउ गरेको थियो। भन्सार कार्यालयले अनुसन्धान गर्न नसक्ने भएपछि यो मुद्दा सीआईबीलाई बुझाएको थियो । तर सीआईबीले यो मुद्दामा कुनै पनि अन्तरदेशीय संगठित अपराधमा थप लहरो पत्ता लगाउन सकेन् । उक्त घट्ना मात्रै नभएर त्यसपछि भएका श्रृखलावद्ध सुन तस्करी भइरहेको र सयौं किलो सुन ओसारपोसार भइरहेको तथ्य बाहिर आएका छन् । तर यसलाई नियन्त्रण गर्न कुनै ठोस पहल भएको छैन् । उल्टै आक्कलझुक्कल झन ठूलो परिमाणमा सुन बरामत हुने गरेको छ । सुन तस्करीमा ठूला दलका ठूला नेता र तिनका सन्धानहरुको संलग्नताहरु बाहिर आए पनि उनीहरुलाई पक्राउ गरी ठोसरुपमा कारवाही गर्न सरकार नै आनाकानी गरिरहेको देखिन्छ ।  

Advertisement

Advertisement