विभिन्न देशमा व्यवसाय विस्तार गरेका वासिद एनआरएन युवा उपाध्यक्षका लागि चुनावी मैदानमा

Advertisement

काठमाडौं । हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) युवा संयोजक रहेका युवा उद्यमी अब्दुल वासिदले संघको आसन्न निर्वाचनका लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । 

कतारबाट व्यवसायिक यात्रा सुरु गरेर बेलायत हुँदै नेपालसम्म आफ्नो लगानी विस्तार गरेका उनले संघको २०२३–२५ कार्यकालका लागि युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । 

Advertisement

वासिदको आईकेबीएच ग्रुपले अहिले बेलायती ‘बेलाको’ ब्राण्डका स्तरीय विद्युतीय तथा घरायसी सामानहरु नेपालसम्म बिक्री गर्दै आएका छन् । उनलाई व्यवसायिकरुपमा सफल बनाउन दुई भाईहरुले साथ दिएका छन् ।

कतारमा लामो समयदेखि एनआरएनएसहित विभिन्न संघसंस्थामा रहेर नेपाली समुदाय र नेपालका लागि लामो समयदेखि योगदान गर्दै आएका वासिदले आफूले प्रतिवद्धता गरेका कामहरु बाँकी रहेकाले त्यसलाई पूरा गर्न युवा उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । 

उनले भने, ‘अहिले युवा संयोजक भएर सक्रियरुपमा जति काम गरेको छु, त्यो पर्याप्त भएन भन्ने लाग्छ । मैले अझै धेरै योगदान गर्नुपर्छ भनेर युवा उपाध्यक्षमा उम्मेदवारी दिन लागेको हो ।’ वर्तमान कार्यकालमा युवालाई धेरै पद बाँडिए पनि काम नपाएको भन्दै वासिदले युवालाई धेरैभन्दा धेरै सहभागी गराइ काम गराउने उद्देश्यसाथ आफूले संघको आसन्न निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको बताए ।

विजयी हुनेमा सुनिश्चित देखिएका वासिदले भोट दिन एनआरएनका प्रतिनिधिहरुसँग आग्रह पनि गरे । युवा स्वरोजगार, सामूहिक गैरआवासीय नेपालीहरुको लगानी, सीप र पुँजी सदुपयोग, एनआरएनएमा युवा आकर्षण वृद्धि, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, बनाउन पहल गर्ने, एनआरएनए स्पोर्टस एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउनेलगायत चुनावी एजेण्डासहित उनी चुनावी मैदानमा उत्रिएका छन् । 

Advertisement

Advertisement