बालुवाटार प्रकरणमा नेपाल र भट्टराईलाई छानविन गर्न सर्वोच्चले आदेश दिनु अनुचितः गठवन्धन

Advertisement

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धयलाई छानविन गर्न सर्वोच्च अदालतले आदेश दिनु अनुचित रहेको सत्ता गठवन्धनले ठहर गरेको छ । 

अदालतलाई चुनौति दिँदै र मानहानी हुने गरी सत्ता गठवन्धनको आज बिहान बसेको बैठकले यस्तो ठहर गरेको हो । बैठकपछि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भने, ‘ललिता निवास प्रकरणको बारेमा छलफल भएको छ । नीतिगत निर्णयमा अदालतको फैसला उचित हो कि होइन भन्नेबारेमा पनि छलफल भयो ।’

Advertisement

उनले गठबन्धनको बैठकमा बालुवाटार जग्गा प्रकरणबारे अदालतले नीतिगत निर्णयमा फैसला गर्नु उचित नभएको धेरैको धारणा आएको बताए । सर्वोच्चले पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव नेपाललाई ललिता निवास प्रकरणमा पक्राउ गरी अनुसन्धान अघि बढाउन आदेश दिइसकेको छ । 

उक्त आदेशलगत्तै नेता नेपाल युरोप पुगेका थिए । अनिश्चित कालका लागि स्विजरल्याण्ड पुगेका उनलाई पक्राउ नगरी घरमै प्रहरी गएर सामान्य सोधपुछ गर्न सत्ताधारी दलहरु सकारात्मक भएपछि सोमबार नेपाल फर्किएका छन् । 

यता अर्का नेता बाबुराम भट्टराईले आफूहरुमाथि अनुसन्धान हुने भए माओवादी शिविरमा भएको भ्रष्टाचारको पनि छानविन हुनुपर्ने बताएका छन् । 

Advertisement

Advertisement