राजश्व संकलन बढाउन भूउपयोग नियमावली संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाइयो

Advertisement

काठमाडौँ । मन्त्रिपरिषद् बैठक भूउपयोग नियमावली संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । मंगलबार बसेको बैठकले नियमावली संशोधनको निर्णय गरेको हो । 

राजश्व संकलनमा भारी गिरावट आएपछि जग्गाको कित्ताकाट खुलाउनुपर्ने बाध्यता सिर्जना हुँदै गएको थियो । घरजग्गा व्यवसायीहरुले भने जग्गाको कित्ताकाट खुलाउन दबाब दिँदै आएका थिए । नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ ।

Advertisement

जथाभावी जग्गाको कित्ताकाट गरी खेतीयोग्य जग्गामा समेत प्लटिङ गर्ने, घर बनाउने काम तीब्र भएपछि भूमिको बर्गीकरण गर्न चौतर्फी दबाब बढेको थियो । सोही प्रयोजनका लागि जग्गाको कित्ताकाटमा कडाई गरिए पनि वर्गीकरण बिना नै कित्ताकाट खुलाउने काम भएको हो । 

अब पुरानै अवस्थामा कित्ताकाट खुलेको छ । गत वैशाखमा पनि मन्त्रिपरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । तर, त्यो संशोधनमा केही अस्पष्टता रहेका कारण कार्यान्वयन गर्न नसकिएको भन्दै भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका कार्यालयले कार्यान्वयन नगरेपछि पुनः नियमावली संशोधन गरिएको हो । 

Advertisement