यसअघि नै सुरुवात भइसकेको सामाजिक सुरक्षासम्वन्धी कार्यक्रम प्रधानमन्त्रीबाट पुनः सुरुवात

Advertisement

काठमाडौं । यसअघि नै सुरुवात भइसकेको अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यक्रमको प्रधानमन्त्री दाहालले पुनः सुरुवात गरेका छन् ।

गत असार २७ गते यस कार्यक्रमको सुरुवात गर्ने कार्यक्रम रहे पनि प्रधानमन्त्री पत्नी सीता दाहालको बिहान निधन भएका कारण प्रधानमन्त्री दाहाल आउन नपाएर कार्यक्रम प्रभावित भएको थियो । तर कोषले सम्पन्धी मन्त्रालयका अधिकारीहरुसहितको रोहबरमा स्याङ्जाको फेदिखोला गाउँपालिकाका अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार श्रमिकको सामाजिक सुरक्षा गर्न थालेर यस कार्यक्रमको सुरुवात गरेको थियो । 

Advertisement

आज पुनः सोही कार्यक्रमको शुभारम्भ गरियो । यसरी सुरुवात भइसकको कार्यक्रम पुनः सुरु गर्न प्रधानमन्त्री लालयित हुनुका कारण लोकप्रियतामोह देखिन्छ । उनले ल्यापटपको स्वीच थिचेर यस कार्यक्रमको सुरुवात गरेका थिए । 

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो । त्यसलगत्तै दुई दिनपछि यो कार्यक्रम सुरुवात भईसकेको थियो । 

Advertisement

Advertisement