भ्रष्टाचारको मुद्दापछि देश छोडेका थाई पूर्वप्रधानमन्त्री सिनावात्रा स्वदेश फर्किनासाथ पक्राउ

Advertisement

काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा निर्वासनको १५ वर्षपछि स्वदेश फर्किएका छन् । भ्रष्टाचारलगायतका मुद्दापछि उनी देश छोडेर गएका थिए । 

मंगलवार सिनावात्रा आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंककको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका थिए । उनले विमानस्थलमा आफ्ना समर्थकहरुसँग भेट गरेका थिए । 

Advertisement

सिनावात्रा सन् २००१ देखि २००६ सम्म थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए । उनी २००८ देखि भने देश छोडेर हिँडेका थिए । विदेशमै रहेको बेला थाइल्याण्डको अदालतले सिनावात्रालाई ८ वर्षको जेल सजाय तोकेको थियो । 

उनले भने अदालतको फैसला राजनीति प्रेरित भएको जिकिर गर्दै आएका छन् । उपप्रधानमन्त्री विसानु क्रे नगामले यसअघि नै थाक्सिनलाई कानूनी प्रक्रिया अघि बढाएर स्वदेश फर्किनसाथ जेल पठाइने बतउनुभएको थियो । सो कानूनी प्रक्रियाअनुसार उहाँलाई विमानस्थलबाटै पक्राउ गरी जेल पठाइएको हो ।

नेता सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानूनी रूपमा सरकारी ब्याङ्कलाई विदेशी ऋण जारी गर्न आदेश दिएको तथा मनोनित व्यक्तिमार्फत अवैध रूपमा शेयर राखेको कसूरमा दोषी ठहर्याइएको अदालतले ठहर गरेको थियो । 

थाइल्याण्डको विभाजनकारी नेताको उपमा पाएका सिनावात्रा १५ वर्षका निर्वासित जीवनपछि स्वदेश फर्केको केही घण्टामा नै जेलमा पुगेका हुन् । 

पूर्वप्रधानमन्त्री थाक्सिनको राजनीतिक दल फेउ थाईका सदस्य एवं धनाड्य व्यापारी श्रेथा थाविसिनलाई प्रधानमन्त्रीका रुपमा चयन गर्ने तयारी भएका बेला अदालतलबाट काराबासको सजाय भएको छ । उनी अहिले ७४ बर्षका भए । नान

Advertisement

Advertisement