‘गिरिबन्धु टि स्टेट’ प्रकरणबारे ओली भन्छन्– अनुसन्धान आवश्यक छैन्, गर्न मन भए गरे हुन्छ

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘गिरिबन्धु टि स्टेट’को जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए अनुसन्धान गर्न सरकारलाई चुनौति दिएका छन् । 

उक्त अनियमितता प्रकरणको छानविन गरी दोषीहरुउपर कडा कारवाही गर्न जनदबाब बढ्दै गएको बेला ओलीले सरकारलाई चुनौति दिएका हुन् । बुधबार संसद बैठकबाट बाहिरिने क्रममा ओलीले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए । 

Advertisement

उनले सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवाद दिनुभयो । अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने बताए । 

उनले भने, ‘म सरकारलाई, सत्तापक्षलाई धन्यवाद भन्छु की उहाँहरु लचिलो भएर आज सदन खुलाउन तयार हुनुभयो । हामी पहिलैदेखि सदन खुलाउने, चलाउने पक्षमा हो । तर यो सुन तस्करीको काण्ड जुन भइरहेको छ, यो सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस्, निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हो । यसमा सरकारले मञ्जुर गरेको थिएन, त्यसकारण तनाव भएको हो । अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको छ । त्यसमा सहमति भयो । गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन् । बिना कानून पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानून बनाइदिएका छौँ । जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ ।’

अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन समिति बनेर समितिले सधैँका लागि यस्ता तस्करीहरु रोक्ने गरी अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने बताए । 

Advertisement

Advertisement