‘अरुले कानुन नबनाई गिरिबन्धुको जग्गा बेचेर खाए, मैले बेच्न मिल्ने कानुन बनाएको हुँ’

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ललिता निवासको सरकारी जग्गा अनियमिततासम्वन्धी छानबिनले सत्ता गठबन्धनकै नेताहरुको भागाभाग भएको दावी गरेका छन् । 

काठमाडौंमा एमालेबाट निर्वाचित प्रतिनिधिहरुको कार्यक्रममा सोमबार उनले वाइडबडी, गिरिबन्धु टि स्टेटलगायत एमालेको नाम जोडिएका भ्रष्टाचार प्रकरणको छानबिन गरे सत्ताधारी नै जेल जाने जिकिर गरे । 

Advertisement

एमालेको बदनाम गर्न मात्र यस्ता कुरा उचालिरहेको दाबी गर्दै ओलीले आफूले यति होल्डिङको बारे छानबिन गर भनेको वर्षौं भइसक्दा पनि उनीहरुले गर्न नसकेको बताए । वाइडबडीमा पनि आफैं जेल जाने भएकाले छानबिन नगरको ओलीको दाबी छ ।

नेता ओलीले भने, ‘यति होल्डिङको छानबिन गर न त भन्यौ । गर्दैनन् । वाइडबडीको छानबिन गर । आफैं जेल जाऊ । अस्तिसम्म ललिता निवास भन्दैथे । अहिले कस्तो भागो र भाग छ । एउटा यता ढोकाबाट कुदेको छ । अर्को उताबाट कुँदेको छ । यिनीहरुका छानबिन नदेखिएको हो र ? यी भ्रष्टहरु उल्टै एमालेलाई धम्की दिँदैछन् ।’

आफूलाई जोडिएको गिरिबन्धु टि स्टेटबारे बोल्दै उनले पटक पटक कानूनबिना चिया बगानको जग्गा बेच्न दिएर कमिसन खाएकाले आफ्नो पालामा कानून बनाएको तर कुनै जमिन बेचबिखन नभएको जिकिर गरे । ओलीले भने, ‘बिना कानून २०५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो । त्यसको छानबिन गर । २०५८–६० मा बिनाकानून ५१ बिघा जमिन बेच्न दिएको थियो । छानबिन गर र आफैं जेल जाऊ । हामीले कानून बनाइदिएका हौं । कानूनको आधारमा जग्गा सट्टापट्टा गरेर मात्र बेच्न पाउने भनेको हो । गैरकानूनी ढंगले कमिसन खाएर जग्गा बेच्न दिएको होइन् । कानून बनाइदिएको हो ।’

उनले अहिले केही नपाएर ओम्नीको कुरा गरिएको भन्दै ओम्नी भन्नेबारे आफूले पत्रिकाबाट मात्र थापा भएको बताए । ओलीले ओम्नीको छानविन गर्न समेत चुनौती दिए । सरकारको संरक्षणमा एयरपोर्टबाट भइरहेको सुन तस्करीलाई निर्वाध चल्न दिन संसदमा पशुपतिको जलहरीको विषय उठाएको पुष्टी भएको भन्दै ओलीले तस्करको नाइके नै सरकारको नेतृत्वमा रहेको बताए । 

माओवादी सांसद राजन दाहालतर्फ संकेत गर्दै ओलीले भने, ‘यी भष्टहरु कतिसम्मका छन् भने एयरपोर्टबाट सुन तस्करी गरिरहेका रहेछन् । त्यता ध्यान नआजोस भनेर एउटा धतंगाले संसदको रोष्ट्रममा उभिएर केपी ओलीले सुन भनेर पित्तल हाल्यो भनेर करायो । अहिले पनि उद्देश्यमूलक ढंगले त्यहि धतंगा हरेक बेलुका हुँ हुँ कराएको करायै छ । अरु त्यसपछि स्यालहुइया गर्छन् ।’

Advertisement

Advertisement