सगरमाथा आरोही माया शेर्पाद्धारा माउन्ट केन्याको सफल आरोहण

Advertisement

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) का  पूर्व द्वितीय उपाध्यक्ष र सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले अफ्रिकास्थित माउन्ट केन्याको सफल आरोहण गरेकी छन् । 

ओखलढुङ्गाको पात्ले– ५, रिपालमा जन्मिएकी शेर्पाले अगस्ट ३१ तारिखका दिन केन्या समय अनुसार बिहान ८ बजे माउन्ट केन्याको सफल आरोहण गरेकी हुन् । उनीसँगै १८ देशका अन्तर्राष्ट्रिय लायन्स क्लबका १८ जना महिला प्रतिनिधिले उक्त हिमालको सफल आरोहण गरेका जानकारी दिइन् । 

Advertisement

शेर्पाले विश्वका ८ हजार भन्दा अग्ला १४ वटा हिमालहरु मध्ये ७ वटा हिमालहरु सफल आरोहण गरिसकेकी छन् ।  सगरमाथा, केटु, कंचनजंगा, मनास्लु, मकालु, चो ओयु र अन्नपुर्ण हिमालको सफल आरोहण गरिसकेकी छिन् । 

उनले हिमाल आरोहण सन् २००३ देखि सुरु गरेकी हुन् । मायाले पहिलो पल्ट सन् २००३ मा आमाडाब्लम हिमाल आरोहण गरिन् । महिला पनि सक्षम छन् भन्ने उदाहरण पेश गर्दै विश्वको ८ हजार मिटर भन्द अग्ला १४ वटा हिमाल चढ्ने अभियानमा लागेकी उनले हालसम्म ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । 

undefined

 

Advertisement

Advertisement