युक्रेनमा शान्त मानिएको शहरमा रुसी आक्रमण, १७ जना सर्वसाधारणको मृत्यु

Advertisement

काठमाडौं । युक्रेनमा शान्त मानिएको शहर कोस्ट्यान्टिनिभ्कामा बुधवार दिउँसो रुसले क्षेप्यास्त्र आक्रमणमा गरेको छ । आक्रमणमा परी एक बालकसहित १७ जनाको मृत्यु भएको छ ।

कोस्ट्यान्टिनिभ्काको एउटा व्यस्त बजारमा भएको आक्रमणलाई युक्रेनमा असामान्य मानिएको बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनालाई नियोजित आक्रमण भन्दै निन्दा गरेका छन् । रुसले अहिलेसम्म यस आक्रमणबारे कुनै टिप्पणी गरेको छैन् ।

Advertisement

मानिसहरूले किनमेल गरिरहेको बेला बजार क्षेत्रको सडकमा क्षेप्यात्र खसेर विस्फोट भई आगो बल्नुका साथै ढुवाँ उँडेको थियो । मारिनेहरु सबै गैरसैनिक भएको बताउँदै युक्रेनले उनीहरु निर्दोष रहेको पनि बताएको छ । मृतकको संख्या अझ बढ्नसक्ने अनुमान गरिएको छ । 
 

Advertisement

Advertisement