दुई करोड लगानीमा दरबारमार्गमा ‘क्लक टावर लाउन्ज एण्ड क्लब’

Advertisement

काठमाडौं ।  ‘जुजु बार’ दरबारमार्गकै पुरानो लाउन्ज हो । यो बार किनेर विश्व गुरुङले दुई वर्षअघि किनेर नाम फेरी ‘क्लक टावर लाउन्ज एण्ड क्लब’नामबाट सञ्चालन गर्न थाले । दुई महिनाअघि मात्रै गुरुङलाई साथ दिन जोर्डन राजभण्डारी पनि साझेदार भएका छन् । 
 
करिब दुई करोड रुपियाँ लगानीमा सञ्चालित यो बार तथा रेष्टुरेन्टमा परिवारिक वातावरणसहित खानाहरुको पनि राम्रो व्यवस्था रहेको छ । क्लबका सञ्चालक जोर्डनले आफूहरुको दरबारमार्गस्थित किङ्स–वे टावरको छैठौं तल्लामा यो रेष्टुरेन्ट सुविधासम्पन्न ढंगले सञ्चालन गर्दै आएको बताउँदै यहाँबाट रातिको समयमा काठमाडौंको मनमोहक दृश्यावलोकन गर्न सकिने बताए । 

उनले रेष्टुरेन्टमा ग्राहकहरुको पनि चहलपहल पनि राम्रो रहेको बताए । विशषेगरी शुक्रबारको दिन ग्राहकहरु भरिभराउ हुने गरेको बताउँदै राजभण्डारीले भने, ‘हामीकहाँ आएका ग्राहक खानाको समीक्षा राम्रो गर्ने गर्नुहुन्छ । एक पटक आएको कस्टमर अर्को पटक पनि आउने गर्नुहुन्छ ।’ 

Advertisement

राती मात्र नभएर बिहान ११ बजेदेखि नै सञ्चालन हुने क्लक टावर लाउन्ज एण्ड क्लबको नजिक विभिन्न कार्यालयहरु रहेकोले दिउसो ग्राहकहरु खाना खान आउने गर्दछन् । क्लबमा करिब ३० जना कर्मचारी छन् । अनुभवी बाद्यबाधकहरुले राति ८ बजेपछि आफ्नो प्रस्तुती सुरु गर्छन् । 

मोडलिङमा समेत लागेका राजभण्डारीले रेस्टुरेन्ट व्यवसायलाई पनि सँगसँगै अघि बढाएका छन् । मोडलको व्यवस्थापनदेखि लिएर इभेन्टहरु पनि आयोजना गर्ने राजभण्डारीले क्लक टावर लाउन्ज घण्टाघरलाई लक्षित गरेर नाम राखेको बताए । रेष्टुरेन्टको भित्रको बनावट पनि त्यही रहेको उनले बताए ।

Advertisement

Advertisement