पूर्वी लिबियामा बाढीका कारण दुई हजारभन्दा बढीको मृत्यु, सयौं बेपत्ता, राष्ट्रिय शोक घोषणा

Advertisement

काठमाडौं । पूर्वी लिबियामा आईतवार आएको बाढीका कारण दुई हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।

बाढीमा परी हजाराँै मानिसहरु बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताए । स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा हम्मादले धेरै मृत्यु बन्दरगाह शहर डेरनामा भएको बताए । 

Advertisement

उनले देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरे । 

उपप्रधानमन्त्री अली अल गात्रानीले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरे । स्थानीय प्रशासनले मृतकको सम्झनामा तीन दिने शोक घोषणा गरेको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement