भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । औद्योगिक उत्पादन सूचकांक (आईआईपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि जुलाईमा ५.७ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । 

मंगलवार जारी तथ्यांकअनुसार जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको हो । प्रयोगमा आधारित वर्गीकरणअनुसार प्राथमिक वस्तुको परिसूचक १४१.७, पुँजीगत वस्तुमा १०१.६, मध्यवर्ती वस्तुको १५१.८ र पूर्वाधार तथा निर्माण सामग्रीको १६८. ५ रहेको मन्त्रालयले जनाएको छ । 

Advertisement

साथै उपभोक्ता टिकाउ र उपभोक्ता गैर टिकाउ वस्तुहरुको सूचकांक क्रमशः ११८.१ र १५२.२ मा रहेको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement