लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या पाँच हजार पाँच सय पुग्यो, १० हजार बेपत्ता

Advertisement

काठमाडौं । पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या पाँच हजार पाँच सय पुगेको छ । सात हजार बढी घाइते भएको १० हजारभन्दा बढी मानिस बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । 

त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन संख्या अझै निर्धारण गर्न नसकिएको र अझै पनि बाढीबाट प्रभावित क्षेत्रहरुबाट शव निकाल्ने काम भइरहेको बताए । 

Advertisement

बाढी प्रभावित क्षेत्रमा करिव १० हजार मानिस बेपत्ता भएको र ३० हजार बढी बिस्तापित भएको बताइएको छ । साथै अत्यावश्यक सामग्रीहरुको समेत अभाव हुन थालेको बताइएको छ । 

भूमध्यसागरीय आँधीपछिको बाढीका कारण पूर्वी लिबियामा ठूलो क्षति भएको छ । संयुक्त राष्ट्र सङ्घको विश्व मौसम सङ्गठनको अध्यक्षले भनेको छन्– लिबियामा आएको बाढीबाट ज्यान गुमाएकाहरूमध्ये धेरैलाई जोगाउन सकिने अवस्था थियो।

अध्यक्ष पेटेरी टालसले पत्रकारहरूसँग कुरा गर्दै उक्त देशले बेलैमा बाढी सम्बन्धी चेतावनी सन्देश जारी गर्न सक्थ्यो । आपतकालिन विपद व्यवस्थापन सैन्यले मानिसहरूलाई सुरक्षित स्थानमा लैजान सक्थे । धेरैजसोको ज्यान जोगाउन सकिने थियो । 

लिबियामा दुई थरी सरकार सक्रिय छ जुन अवस्थाले विपदप्रति तत्काल र संयोजित प्रतिक्रिया जनाउने कार्यलाई गाह्रो बनाएको बीबीसीले जनाएको छ । विनाशकारी बाढी निम्त्याएको समुद्री आँधी लिबिया तर्फअघि बढ्दै गर्दा त्यहाँका दुवै सरकारहरूले बेग्लाबेग्लै सावधानीका उपायको घोषणा गरे पनि त्यो प्रभावकारी हुन नसक्दा ठूलो मानवीय क्षति भएको छ । यद्यपि घटनापछि दुवै सरकारले पीडितहरूलाई राहत उपलब्ध गराउन तथा उद्धारमा सहकार्य गरिरहेको दावी गरिएको छ । 

Advertisement