उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले लुकाए सुपारी वितरणको कार्यविधि

Advertisement

काठमाडौं। उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले सुपारीको कोटा वितरण गर्ने कार्यविधि लुकाएका छन् । विभागको वेवसाइटमै राख्नुपर्ने कार्याविधी लुकाएका हुन् ।

कानुन बमोजिम नै मन्त्रालय तथा विभाग सम्बन्धि ऐन, नियम,निर्देशिका, कार्यविधि सबैको पहुँचमा राख्नुपर्नेछ हुन्छ । तर विभागले भने उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धि कार्यविधि २०७८ लाई लुकाएको हो । सो कार्यविधि सिमित व्यवसायीलाई भने महानिर्देशक गौतमले दिएका छन् । 

Advertisement

पुर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगका लागि मात्रै दिनेगरी सुपारी मरिच र केराउ वितरण गर्नका लागि कार्याविधि निर्माण गरेका थिए। सो कार्यविधिलाई निरन्तरता दिन अर्थ मन्त्रालयसँग पनि विभागले राय माग गरिसकेको छ । विभागले गतवर्ष ६ हजार भन्दा बढी मेट्रिकटन सुपारी आयातको सिफारिष गरेको छ।  

अर्थ मन्त्रालयले भने सो विषयमा राय नै माग गर्नु नपर्ने बताएको छ । विभागको महानिर्देशकमा गौतम आएपछि स्वार्थ समूहको काममा उनी लागेका छन् । कानुनसम्बत नमिल्ने विषयलाई पनि उनले मिलाउँदै काम गर्न सुरु गरेका छन् ।

Advertisement

Advertisement