चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनीका पूर्व प्रमुख पार्टीबाट बर्खास्त

Advertisement

बेइजिङ । चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी) बाट सार्वजनिक पदमा रहन अयोग्य गरी बर्खास्त गरिएको छ ।

यसअघि एभरब्राइटको पार्टी सचिव र अध्यक्षका रूपमा काम गरेका ली सियाओपेङलाई अनुशासनको छानबिनपछि सजाय सुनाइएको हो ।

Advertisement

समाचार एजेन्सी सिन्ह्वाका अनुसार लीले उपहार र पैसा लिनुभएका, आचरण सुधार गर्ने पार्टीको नीतिको अवज्ञा गरेको र उनको मुद्दाको अनुसन्धानमा बाधा पुर्याउने प्रयास गरेका थिए ।  

सिन्ह्वाले भनेको छ, “लीले पदाधिकारीको छनोट र नियुक्तिमा अरूका लागि फाइदा माग्नुभएको थियो र आफ्नो शक्तिको फाइदा उठाउँदै आफ्ना नातेदारलाई उनीहरूको व्यवसाय सञ्चालन गतिविधिमा नाफा सुरक्षित गर्नुभएको थियो ।” 

एक अर्थशास्त्रीको रूपमा प्रशिक्षित, लीले आफ्नो कामको अधिकांश समय वित्त उद्योगमा बिताएका थिए । 

मार्च २०२२ मा चाइना एभरब्राइटको अध्यक्षपदबाट सेवानिवृत्त हुनुअघि उहाँले धेरै प्रमुख चिनियाँ बैंकहरूमा नेतृत्वदायी पदहरूमा सेवा गरेका थिए । 

राष्ट्रपति सी चिनफिङले कथित भ्रष्टाचारविरुद्ध आक्रामक कारबाहीको नेतृत्व गरिरहेका छन् ।  

चीनको केन्द्रीय अनुशासन अनुगमन आयोग (सीसीडीआई) ले मार्चमा चाइना एभरब्राइट ग्रुप र देशको वित्तीय क्षेत्रका अन्य प्रमुख खेलाडीसहित ३० वटा सरकारी स्वामित्वका उद्यमहरूलाई लक्षित गरी ‘अनुगमन यात्रा’सुरु गर्ने बताएको थियो ।

गत महिना चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष तथा सीसीपी प्रमुख वाङ बिनलाई घुस लिएको र विदेशमा बचत लुकाएको आरोपमा ‘दुई वर्षको जेल सजायसहित मृत्युदण्ड’ दिइएको थियो ।

उनको सजाय ‘आजीवन कारावासमा परिवर्तन’ हुनसक्ने बताइएको छ । रासस÷एएफपी 

Advertisement

Advertisement