एनसेलको व्यापारमा किन लगातार गिरावट आयो ?

Advertisement

काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको व्यापार निरन्तर ओरालो लागेको छ । कम्पनीको पछिल्लो चार वर्षको व्यापारमा निरन्तर गिरावट देखिएको छ ।  

अंग्रेजी आर्थिक वर्ष २०२२–२०२३ मा कम्पनीको व्यापार ३७ अर्ब ४४ करोड रहेको छ । माउ कम्पनी आजियाटाले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले अघिल्लो बर्षभन्दा यो बर्ष कम व्यापार गरेको हो । 

Advertisement

एनसेलले आर्थिक बर्ष २०२१–२२ मा ३९ अर्ब ७२ करोडको व्यापार गरेको थियो भने आर्थिक वर्ष २०२०–२१ मा ४० अर्ब ४२ करोडको व्यापार गरेको थियो । यस्तै आर्थिक वर्ष २०१९–२० मा ४६ अर्ब ८७ करोडको व्यापार भएको विवरणबाट देखिन्छ । 

पछिल्लो समय इन्टरनेटका कारण भ्वाइस कलको व्यापारमा कमी भएको छ । इन्टरनेटबाट नै कल गर्न सकिने भएसँगै उपभोक्ता त्यता आकर्षित भएपछि भ्याइसको व्यापार घटेको हो । दुर्गमबाहेक शहरी इलाकामा र विदेशमा फोन कल कम हुने गरेको छ । 

एनसेलले फोन कलको स्थानमा इन्टरनेट (मोबाइल डाटा) बिक्रीलाई बढाउने प्रयास गर्दै आएको छ । तर यसमा उल्लेख्य सफलता हात पार्न उसले सकिरहेको छैन् । 

Advertisement

Advertisement