थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेजले पुनः सुरु गर्यो काठमाडौं–बैंकक उडान

Advertisement

काठमाडौं । कोरोना महामारी सुरु भएपछि काठमाडौं–बैंकक उडान स्थगित गरेको थाइल्याण्डको राष्ट्रिय ध्वजाबहाक थाइ एयरवेजले आइतबारबाट पुनः उडान सुचारु गरेको छ । 

उक्त एयरलाइन्सले सन् २०२० मार्च २५ बाट काठमाडौं–बैंकक उडान स्थगित गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले थाई एयरवेजले उडान पुनः सुरु गरेको बताए । 

Advertisement

यसअघि थाइल्याण्डको आन्तरिक उडानमा रहेको थाई स्माइलले गर्दै आएको काठमाडौं–बैंकक उडान भने आइतबारबाट बन्द भएको छ । 

थाई एयरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो समय उडान गरेको छ । थाई एयरवेजको उडान सुचारु भएसँगै कोरोनापछि नेपालको अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको त्रिभुवन विमानस्थल कार्यालयको भनाई छ । 

तिवारीले उडान सेवावापत थाई एयरवेजले ४६ लाख रुपियाँ बुझाउन बाँकी रहेकोमा सो रकम बुझाएर पुनः उडान सुरु गरेको बताए । 

Advertisement