पाइलटबीच कुटाकुट प्रकरणः रामेछापका नागरिक उड्डयन कार्यालय प्रमुख पनि निलम्बित

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप विमानस्थलका आफ्ना कार्यालय प्रमुखलाई पनि निलम्बन गरेको छ । 

रामेछाप विमानस्थल परिसरमा तारा एयरका दुई वरिष्ठ क्याप्टेनबीच शुक्रबार भएको विवादपछि दुवै पाइलटलाई निलम्बन गरेको प्राधिकरणले घटनाको विस्तृत अनुसन्धान गर्न भन्दै रामेछाप विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखलाई पनि अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको हो ।

Advertisement

Advertisement