जगदम्बा मोटर्सले महाएक्स्चेन्ज महोत्सव आयोजना गर्ने

Advertisement

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले महा एक्स्चेन्ज महोत्सव ‘उमंगै उमंग’को आयोजना गर्ने तयारी गरेको छ ।

महा एक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौंको भृकुटी मण्डपमा नोभेम्बर ७ देखि ११ सम्म आयोजना हुने कम्पनीले जानकारी दिएको छ । महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफ आइ सई पनि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ ।

Advertisement

सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महा उत्सवका रुपमा मनाउन महोत्सवको आयोजना गर्न लागेको हो । 

महा एक्स्चेन्ज महोत्सव उमंगैउमंगको महोत्सवमा उपभोक्ताले कुनैपनि ब्राण्डको पुरानो बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरु हात पार्न सक्नेछन् ।

उपभोक्ताले मेला मार्फत आफ्ना पुराना बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा रु. ५० हजार सम्मको एक्स्चेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाख सम्मको क्याश डिस्काउन्ट र साथै बम्पर उपहारमा रु. १० लाख नगद जित्ने अवसर समेत प्राप्त गर्नेछन् । 

साथै २५ प्रतिशत सम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाईक कभर र ब्याग लगायत फ्रि एक्सेसरिजको स्विधापनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसारयी लगायत सम्पुर्ण सुविधाका साथै शुन्य प्रतिशत ब्याजदरमा नयाँ बाईक खरिद गर्ने अफरपनि महोत्सवमा उपलब्ध हुनेछ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । 

Advertisement

Advertisement