विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई, भारतको लज्जास्पद पराजय

Advertisement

काठमाडौं । अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाको जित सहज भएको हो । 

हैदराबादमा आइतबार भएको फाइनल खेलमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएकोमा अष्ट्रेलियाले .४ विकेट गुमाएर सहजरुपमा लक्ष्य भेट्टायो ।

Advertisement

भारतका लागि बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्‍वकप क्रिकेट जित्दा नेपालका धेरै क्रिकेटप्रेमीले समेत आश्चर्य प्रकट गरेका छन् । अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल भएको हो ।

पहिलो तीन विकेट ४७ रनमा गुमाए पनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगेका थिए । ट्राभिसले १२० बलमा १३७ रन बनाए । यस्तै, मार्नुसले पनि आफ्नो अर्धसतक पुरा गर्न सफल भए  । उनले ११० बलमा ५८ रन बनाएर अविजित रहे ।

विश्वकप फाइनलमा अस्ट्रेलियाले टस जितेपछि भारतलाई पहिलो ब्याटिङ गर्न बोलाएको थियो । भारतका स्टार ब्याट्स्म्यानहरूले सोचे अनुरुपको खेल विश्वकपको फाइनलमा प्रदर्शन गर्न सकेन् । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर केवल २४० रन बनाउन सक्यो ।

रोहित शर्माको अपराजित टोली भारतले आइतबार एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भने अस्ट्रेलियाको अगाडि कमजोर योगफल खडा गरेको हो । भारतीय कप्तान रोहित शर्मा अर्ध सतक बनाउन केवल ३ रनले चुके । उनले ३१ बलमा ४७ रन बनाउँदा म्याक्सवेलको बलमा ट्राभिसद्वारा मिड अफमा उत्कृष्ट क्याच गरेपछि पेभेलियन फर्किएका थिए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ तथा जोस हेजलवुड र प्याट क्युम्मिन्सले २–२ विकेट लिए । 

Advertisement

Advertisement