सिमेक्स इन्कले जाजरकोट र रुकुम पूर्वका भूकम्प प्रभावितलाई दियो ११ लाख सहयोग

Advertisement

काठमाडौं । नेपालका लागि बिवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक सिमेक्क इन्कले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका ११ लाख रुपियाँ सहयोग गरेको छ । 

अब हरेक बिवाईडी डल्फिन बुक गर्दा १० हजार रुपियाँ र बिवाईडी अटो थ्री बुक गरेमा २० हजार रुपियाँ भूकम्प सहायता कोषमा जम्मा हुनेछ । कम्पनीका अनुसार उक्त योजना मङ्सिर २३ गतेसम्म लागु हुनेछ ।

Advertisement

सिमेक्स इन्कका सीईओ साहिल श्रेष्ठले भने, ‘अग्रिम बुकिङ गरी भूकम्प सहायता कोषमा योगदान गरेका ग्राहकहरुको नाम, हामी हाम्रो सोशल मिडिया प्लेटफÞर्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गरेर उहाँहरुको सहयोगको कदर गर्नेछौँ ।’

कम्पनीले पहिले पनि भूकम्प पीडितहरूको सहयोग गर्नका लागि एघार लाख रुपियाँ सहयोग सानीभेरी गाउँपालिकाका भुकम्प प्रभावितका लागि प्रदान गरेको थियो । सहयोग रकम कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले हस्तान्तरण गरेका थिए । सिमेक्स इन्कका अध्यक्ष श्रेष्ठले भने, ‘यो कठिन समयमा हामी जाजरकोट र रुकुम पुर्वका सहनशील गाउँ समुदायको साथमा छौँ । भूकम्प प्रभावितहरू प्रति संवेदना प्रकट गर्दै पीडितहरुको सहयोगमा योगदान र पुनर्निर्माण प्रक्रियामा समर्थन हामी सबैको जिम्मेवारी हो ।’

Advertisement

Advertisement