फोटोनका १४ र १५ सिट क्षमताका ईभी भ्यान नेपाल भित्रिदै

Advertisement

काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले थाईलण्ड, जर्मनी, सिंगापुर, तथा अस्ट्रेलियामा सफल सुरुवात पछि नेपालमा फोटोन हाइ रुफ १४ र १५ सिटर ईभी भ्यान सार्बजनिक गर्ने भएको छ । 

उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो भ्यान सुरक्षाको दृस्टीकोण पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ । कम्पनीद्वारा उक्त गाडीको मूल्य र स्पेसिफिकेसन चाँडै सार्बजनिक गर्ने बताएको छ । 

Advertisement

फोटोन पछिल्लो समय नेपालमा पिकअप, इलेक्ट्रिक  लो रूफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्बुलेन्स सेग्मेंटमा लोकप्रिय हुँदै गइरहेको कम्पनीले दाबी गरेको छ । 
 

Advertisement

Advertisement