आजियटालाई एनसेलको शेयर बिक्री सम्बन्धी उच्च अदालत पाटनको कारण देखाउ आदेश

Advertisement

काठमाडौं । उच्च अदालत पाटनले आजियटालाई एनसेलको शेयर बिक्री गर्ने सम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ । एनसेलको मलेसियन साझेदार आजियटाको शेयर स्थानीय सतिशलाल आचार्यलाई बिक्री गर्न लागेपछि रोक्न माग गर्दै रिट दायर भएको थियो । 

उक्त रिटमा शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले आदेश दिएको हो । 

Advertisement

एनसेलको शेयर खरीद बिक्री रोक्न माग गर्दै गोकुलबहादुर रोकायाले निवेदन दर्ता गरेका थिए । सो निवेदनमाथि भएको सुनुवाईपछि आज अदालतको यस्तो आदेश आएको हो ।

साथै अन्तरिम आदेश दिने/नदिनेबारे भने दुबै पक्षको छलफल सुनेर मात्र निर्णय गर्नु उपयुक्त हुने भन्दै २५ गतेका लागि पेशी तोकिएको छ ।  

आदेशमा भनिएको छ, ‘यसमा निवेदकले अन्तरिम आदेश समेत माग गरेको देखिएको र निवेदकले निवेदनमा उल्लेख गरेको विषयवस्तु र आजियटा ग्रुपबाट एनसेलको टिमलाई जानकारी गराएको सुचना समेतको सन्दर्भबाट हेर्दा दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश जारी हुने नहुने सन्दर्भमा आदेश जारी गर्नु उपयक्त र मनासिव देखिँदा २०८०–८–२५ को छलफल पेशी तोकी सोको सुचना पक्षहरुलाई रितपूर्वक दिई नियमानुसार पेश गर्नुहोला ।’

आजियटामार्फत नेपालमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै एनसेलको नेपाली साझेदार सुनिभेरा क्यापिटल भेन्चर्सकी सञ्चालक भावना सिंह श्रेष्ठका श्रीमान सतिशलाल आचार्य र उनका भाई सचिनलाल आचार्यले कम्पनीको शेयर नक्कली किनबेच गरेको देखाएर आजियटाले उनीहरुमार्फत अप्रत्यक्षरुपमा नेपालमा व्यवसाय गर्ने, अर्बौं रुपियाँ कर छली गर्ने योजना बनाएका थिए । उक्त योजना कर्पोरेट नेपालले बिहीबार सार्वजनिक गरेको थियो । 

साठी अर्बभन्दा बढी पुँजीगत लाभकर छली गर्ने आजियटाको योजना जनदबाब र अदालतको आदेशपछि असफल भए पनि उसले अझै पनि सरकारलाई ५८ अर्बभन्दा बढी आयकर तिर्न आनाकानी गर्दै आएको छ । सोसम्वन्धी मुद्दा अहिले अदालतमा रहेको छ । उसले अनुकुल मौका छोपेर आफू बाहिरिएको देखाउने र आफ्ना एजेन्टको रुपमा सतिशलाल आचार्यमार्फत नेपालमा व्यापार गर्ने योजना बनाए पनि अहिले अदालतले अल्पकालिनरुपमा सो योजना रोकिदिएको छ । 

undefined

यो पनि पढ्नुहोस्ः

एनसेलको शेयर सतिशलाललाई बिक्री गरेको देखाएर नियन्त्रण कायम गर्ने आजियटाको योजना

Advertisement

Advertisement