आफ्नो स्वीकृतिबिना एनसेलको शेयर खरीद बिक्री नगर्न आजियटा र सतिशलाई प्राधिकरणको निर्देशन

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो स्वीकृतिबिना एनसेलको शेयर खरीद बिक्री नगर्न होल्डिङ कम्पनी एजियटा ग्रुप र स्थानीय साझेदार सतिशलाल आचार्यलाई निर्देशन दिएको छ । 

प्राधिकरणले एनसेललाई पत्र पठाउँदै आफ्नो स्वीकृतिबिना पाँच प्रतिशतभन्दा बढी शेयर खरीद बिक्री गर्न नमिल्ने भन्दै एनसेलको शेयर खरीद बिक्री हुन लागेको भनेर जारी भएको विज्ञप्ति र सञ्चार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । 

Advertisement

आज उच्च अदालत पाटनले पनि यस खरीद बिक्रीसम्वन्धमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनेनदिने सम्वन्धमा आउँदो मंसिर २५ गते छलफलमा आउने सरोकारवाला पक्षलाई आदेश दिएको छ । 

यस्तो छ प्राधिकरणको पत्र 

undefined

यो पनि पढ्नुहोस्ः

अदालतको आजको आदेशले आजियटालाई एनसेलको शेयर बिक्री गर्न रोकेको छः डा भण्डारी

आजियटालाई एनसेलको शेयर बिक्री सम्बन्धी उच्च अदालत पाटनको कारण देखाउ आदेश

एनसेलको शेयर सतिशलाललाई बिक्री गरेको देखाएर नियन्त्रण कायम गर्ने आजियटाको योजना

Advertisement

Advertisement