सीताराम गोकुल मिल्क्सले घोषणा गर्यो विजेताहरुको नाम, प्रथमले पाए फ्रिज

Advertisement

काठमाडौं । डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्स प्रालिले बडादशैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजनाको विजेताहरुको  घोषणा भएको छ  ।

आज सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण समेत गरिएको लक्की ड्र मार्फत बिजेताले प्रथम पुरस्कार स्वरूप मल्टिडोर फ्रिज प्राप्त गरेका छन् ।

Advertisement

साथै सोही लक्की ड्र मार्फत दोस्रो र तेस्रो पुरस्कारका विजेताहरु पनि  घोषित भएका छन् । दोस्रो पुरस्कारका रूपमा ५० इञ्चको टीभी रहेको छ भने तेस्रो पुरस्कारमा वासिङ मेसिन रहेको छ ।

यस अतिरिक्त २० जनाले सान्त्वना उपहारका रूपमा इण्डक्शन, हिटर, वाठर हट पट प्राप्त गरेका छन्  । बिजेताहरुको सम्पूर्ण विवरण सिताराम दुघको आधिकारिक फेसबुक पेजमा हेर्न सकिनेछ । 

उक्त कार्यक्रमको संचालन चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले गरेका थिए । कार्यक्रममा अतिथिका रुपमा रतनलाल केडिया, सुमित केडिया र रचित केडियाको उपस्थिति रहेको थियो । उनीहरूले सीतारामको तर्फबाट सबै विजेताहरूलाई बधाई ज्ञापन गरे । 

सीताराम गोकुल मिल्क्स प्रालिले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । 
 

Advertisement

Advertisement