टिभिएस आईक्युब 'एक्सचेन्ज एक्ट्राभगान्जा’ आजबाट सुरु

Advertisement

काठमाडौँ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबारबाट ललितपुरको भनिमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन सुरु गरेको छ । 

यस एक्सचेन्ज योजनामा ग्राहकले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजार रुपियाँसम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै शुन्य प्रतिशत ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्नसक्ने कम्पनीले जनाएको छ । 

Advertisement

त्यसैगरी, जम्मा एक लाख सात हजार रुपियाँ डाउनपेमेन्टमा टिभिएस आईक्युब खरिद गर्न सकिने छ । साथै, यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मज्जा पनि लिन सक्नेछन् ।

टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो  एक्सचेन्ज योजना आउँदो पुस २ सम्म कायम रहने जनाइएको छ । 
 

Advertisement

Advertisement